काभ्रे जिल्लाको तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङ र उपाध्यक्ष दलमान थोकरले तेमाल–१, अमलटार फाँटमा रहेको खायन आलु पकेट क्षेत्रको अनुगमन गरेका छन् । गत चैत्र ३० गतेका दिन अध्यक्ष तामाङ र उपाध्यक्ष थोकरले सो क्षेत्रको अनुगमन गरेका हुन् ।
भिडियाे रिपोर्ट
फुलबारी तरकारी बीउ उत्पादक कृषि सहकारी संस्था लिमिटेडले आलु पकेट क्षेत्रको कार्यान्वयनको जिम्मा लिएको थियो । सो सहकारी संस्थालाई खायन आलु पकेट क्षेत्र विकासको लागि तेमाल गाउँपालिकाले १२ लाख रुपैयाँ बजेटको व्यवस्था गरेको थियो । किसान र सरकारको साझेदारीमा अघि बढेको सो परियोजनाको अनुगमन गर्न उनीहरु किसानको खेतखेतमा पुगेका थिए ।
अध्यक्ष तामाङ र उपाध्यक्ष थोकर खेतमा पुग्दा किसानहरु खुशी देखिएको थियो । गाउँपालिकाले खायन आलु पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना बनाएपछि किसानको उत्पादनमा बृद्धि भएको र कृषिमा यान्त्रिकरण तथा आधुनिकरण समेत भएको किसानहरु बताउँछन् ।
कृषिमा यान्त्रिकरण भएपछि र उत्पादन बृद्धि भएपछि किसानहरु खुशी देखिएता पनि आलुमा फौजी किराले समस्या ल्याएको भने उनीहरु चिन्तित देखिन्छ । फौजी किराले आलु नष्ट पारेपछि गाउँपालिका अध्यक्ष र उपाध्यक्षसँग समस्या समाधन गर्न अनुरोध समेत गरे ।
उत्पादनमा बृद्धि भएपछि किसानहरुमा उत्साह देखिन्छ । उत्पादनमा बृद्धि भएपछि किसानहरुमा उत्साह देखिन्छ । यो परियोजना शुरु हुनु अघि आफूहरुसँग कुनै कृषि सामाग्री नभएको हाल यो परियोजना आएपछि आधुनिक कृषि सामाग्रीहरु प्राप्त गरेको स्थानीय किसान उमाकान्त त्रिपाठीले बताए ।
यो परियोजना आएपछि यान्त्रिकरण कार्यक्रम पाएको बताउँदै उत्पादनमा ३० प्रतिशत बृद्धि भएको बताउँछन् स्थानीय किसान रामप्रसाद पाण्डेले जानकारी दिए ।
किसानको खेतमा पुगेका गाउँपालिका अध्यक्ष तामाङले फौजी किराको नियन्त्रण गर्न किसानको खेतखेतमामा प्राविधिकलाई खटाउने र किसानको हरेक समस्या समाधान गर्ने प्रतिबद्धता जाहेर गरे ।
सो अवसरमा किसानहरुले उपाध्यक्ष थोकरसँग कृषि सडकको माग गरेका थिए । थोकरले कृषि सडकको माग पूरा गर्ने प्रतिबद्धता जाहेर गर्दै इलेक्ट्री पम्पलाई सोलारमा पम्पमा रुपान्तरण गर्न जिल्ला सिंचाई कार्यालय काभ्रेमा आफूले कुराकानी गरिसकेको बताए ।
अनुगमनको लागि तेमाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकाल, लेखा अधिकृत सूर्यप्रसाद त्रिपाठी, स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठक लगायतका व्यक्तिहरु पुगेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















