काठमाडौं ।राष्ट्रिय तामाङ कलाकार संघद्वारा आयोजित शुभकामना आदन प्रदान तथा बनभोज कार्यक्रम-२०८० सम्पन्न भएको छ।
सञ्चारकर्मी तथा गायक सुनिल लामाको प्रमुख आतिथ्यतामा शनिबार काठमाडौ स्थित जहर सिङ पौवामा उक्त कार्यक्रमको आयोजना भएको हो।
‘सामुहिक एकता आजको आवस्यकता’ भन्ने मुल नाराको साथ गठन गरिएको राष्ट्रिय तामाङ कलाकार संघले आफ्नो संस्थाको घोषणा सभा अगाडि नै उक्त कार्यक्रमको गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि लामाले शुभकामना दिने क्रममा संस्था जन्मिएको मात्र ठुलो होइन यसलाई आम तामाङ कलाकारहरुको हकहितका लागि उदाहरणीय कार्य गरेर,सबैलाई विश्वासमा लिई आम कलाकारहरुले प्रत्याभूति गर्ने सक्ने कार्यमा अगाडि बढाउन आग्रह गरी शुभकामना दिएका थिए।
संस्थाको भावी योजना सम्बन्धि , कार्यनीति र रणनीति घोषणा सभापछि सार्वजनिक गरिने अध्यक्ष अमृत लामाले बताउनु भएको छ।
कार्यक्रममा अतिथिहरुमा गायक तथा संगीतकार सुसन लामा, तामाङ चलचित्र जगतका महानायक अमिर दोङ, वरिष्ठ एरेञ्ज अगा लामा , दिपेन्द्र प्राधान, नायीका शुस्मा मोक्तान लगायतका अन्य कलाकारहरु रहेका थिए । भने कार्यक्रममा उपस्थित कलाकारहरु आ आफ्नो सांगीतिक प्रस्तुतिहरु राखेका थियोे ।
राष्ट्रिय तामाङ कलाकार संघका अध्यक्ष अमृत लामाको सभापतित्वमा सम्पन्न कार्यक्रम संस्थाको सचिव सानुबाबु घिसिङले सञ्चालन गरिएको थिए।

























