प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा (क)बाट निर्वाचित प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री रत्न ढकालले निर्वाचन खर्च विवरण सार्वनिक गरेका छन् । सांसद ढकालले आज जिल्ला निर्वाचन कार्यालय काभ्रे र प्रदेश निर्वाचन कार्यालयमा खर्च विवरण पेश गरेपछि सामाजिक सञ्जाल मार्फत पनि सार्वजनिक गरेका हुन् ।

उनले सार्वजनिक गरेको खर्च विवरण अनुसार निर्वाचिनमा उनको कुल खर्च १८ लाख ७० हजार रुपैयाँ रहेको छ । प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचार संहिता बमोजिम निर्वाचन खर्च विवरण सार्वजनिक गरेको ढकालले जानकारी दिए ।
उनले सार्वजनिक गरेको खर्च विवरण अनुसार सबैभन्दा बढी खर्च सवारी साधनमा लागेको छ भन सबैभन्दा कम खर्च मतदाता नामावलीमा लागेको छ ।

यस्तो छ खर्च विवरणः

पूर्व मन्त्री ढकालले मतदाता नावमावली रु. ५० हजार, सवारी साधन रु. ७ लाख, प्रचारप्रसार सामाग्री ३ लाख ५० हजार, ढुवानी १ लाख २० हजार, गोष्ठि अन्तरक्रिया १ लाख ३० हजार, अन्य प्रचारप्रसार १ लाख, छापा एवं विद्युतीय माध्यम ६० हजार, कार्यालय सञ्चालन १ लाख, प्रतिनिधि परिचालन १ लाख १० हजार र विविध १ लाख ५० हजार गरी जम्मा १८ लाख ७० हजार खर्च भएको विवरण पेश गरेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।