काभ्रे जिल्लाको तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले किसानहरुलाई कृषि सामाग्रीहरु वितरण गरेका छन् । अध्यक्ष तामाङले आज (सोमबार) एक कार्यक्रमका बीच वडा नं. २ ल्हाप्सेका किसानहरुलाई सो सामाग्री वितरण गरेका हुन् ।

सो अवसरमा अध्यक्ष तामाङले कृषि ज्ञान केन्द्र, काभ्रे र लप्से भूमेस्थान कृषक समुहको ५० प्रतिशत साझेदारीमा रैथाने बाली मूल्य श्रृंखला प्रवद्र्धन कार्यक्रम (जौ खेती) अन्तर्गत सञ्चालित कार्यक्रम कृषि यान्त्रिकरण तथा बीउ वितरण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले रैथाने वालीको संरक्षण र प्रवद्र्धन गरेर मौलिक उत्पादनमा गाउँपालिकाले जोड दिएको बताए । रैथानेवाली जीवन उपयोगी वाली भएकोले यसको प्रवद्र्धन गरेर रैथानेवालीमा आत्मनिर्भर तेमाल बनाउने गाउँपालिकाले योजनाहरु अघि सारेको बताए ।

आगामी दिनहरुमा कृषिमा यान्त्रीकरण, आधुनिकीकरण र वैज्ञानिकीकरण गर्दै तेमाललाई कृषि उत्पादनमै आत्मनिर्भर बनाएर निर्यातको लागि समेत तयारी बनाउन खोजेको जानकारी दिए । उनले किसानहरुको साथमा गाउँपालिका सधैं रहेको बताउदै रैथाने बाली मूल्य श्रृंखला प्रवद्र्धन कार्यक्रम (जौ खेती)लाई सफल बनाउन किसानहरुसँग अनुरोध गरे ।

सो अवसरमा अध्यक्ष तामाङले मिनि टिलर ट्रयाक्टर १५ ओटा, स्प्रे पम्प टु इन वान १० ओटा, डिस मिल २ ओटा, थ्रेसर मेसिन १ ओटा, जौको बीउ ४ सय किलोग्राम वितरण गरिएका थिए ।

कार्यक्रममा तेमाल गाउँपालिका अध्यक्ष विशेष अतिथि कृषि ज्ञानकेन्द्र, काभ्रेका प्रतिनिधि राम शरण मिजार, तेमाल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकाल, तेमाल गाउँपालिका कृषि शाखा प्रमुख कुलदीप पहाडी लगायतका सहभागी थियो ।
कार्यक्रम कृषक समुहका अध्यक्ष भिमलाल लामाको सभापतित्वमा सम्पन्न भएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















