काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाबाट पनि वैदिशिक रोजगारीका लागि जानेको व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको लागि आवेदन दिन पाउने भएको छ । सरकारले स्थानीय तहबाटै सो कार्य गर्ने गरि स्थानीय तहलाई जिम्मा दिएसँगै गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत महानदास लामाले एक सूचना जारी गर्दै आवेदन दिन आव्हान गरेका छन् ।
‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मितिः २०७९।१२।१९ को पत्रसाथ सलंग्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मितिः २०७९।१२।१६ को पत्रानुसार वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावलि, २०६४ मा भएको व्यवस्था अनुसार वैदेशिक रोजगारीमा जाने हरेक नेपाली नागरिकले अनिवार्य रुपमा श्रम स्वीकृति लिनुपर्ने व्यवस्था भए बमोजिम वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित र भरपर्दो तथा सहज बनाउन मिति २०८० बैशाख १ गते देखि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि निवेदन दिने कार्य स्थानिय तहको रोजगार सेवा केन्द्रबाट हुने व्यवस्था अनुरोध भई आएकोले यस्ता प्रकृतिका श्रम स्वीकृतिको अनलाईन आवेदन तथा वैदेशिक रोजगार सूचना प्रवाह सम्बन्धी कार्य यस चौंरीदेउराली गाँउपालिकाको रोजगार सेवा केन्द्रबाट नै प्रवाह गरिने व्यहोरा सरोकारवालाहरुको जानकारीको लागि अनुरोध गरिन्छ ।’ सूचनामा भनिएको छ ।
यस्तो छ सूचना

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















