काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा विद्युतको नाङ्गो तार (एचटी लाइन)मा कभर कण्डक्टर (कालो तार) जडान गर्ने कार्य शुक्रबारदेखि शुरु हुने भएको छ । पहिलो चरणमा जंगल र विद्यालय क्षेत्रमा सो कार्य अघि बढाइने तिमाल सामुदायिक ग्रामिण बिधुतिकरण सहकारी संस्थाका अध्यक्ष सार्कीमान तामाङले जानकारी दिएका छन् ।
सबै वडाहरुमा ट्रान्सर्फमरहरु थप, ट्रान्सर्फमरको क्षमता वृद्धि, सम्पुर्ण जिर्ण काठको पोल विस्थापित फलामको पोल स्थापित गर्ने कार्य सम्पन्न भएसँगै कभर कण्डकटर (कालो तार) जडान गर्न लागेको अध्यक्ष तामाङले बताएका छन् । ‘हाम्रो तेमाल गाउँपालिकाको सबै वडा हरुमा बिधुतको ट्रान्सर्फमरहरु थप, ट्रान्सर्फमरको क्षमता वृद्धि, सम्पुर्ण जिर्ण काठको पोल विस्थापित गर्ने कार्य सकिएको छ ।’ उनले भने, ‘अब सुरक्षित, नियमित र गुणस्तरीय बिद्युतको लागी एच.टि. लाइनमा पहिलो चरणमा जंगल क्षेत्र र बिद्यालय क्षेत्रमा कभर कण्डकटर (कालो तार) जडान गर्ने कार्य मिति २०८० बैशाख १५ गते देखि शुरु गर्दैछौं ।’
जडान हुने समयमा विद्युत लाईन समेत बन्द हुने उनले बताए । उनका अनुसार तेमाल क्षेत्रमा केहि दिनको लागी बिधुत सेवा बिहान ७ः०० बजे देखि बेलुका ५ः०० बजे सम्म बन्द हुने भएको छ ।
सो तार तेमाल गाउँपालिकामा ल्याउने काम बुधबारबारबाट शुरु भएको उनले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।















