काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाका अध्यक्ष रेणुका चौंलागाईंले वडा नं. ५ मा रहेको गहुँको बीऊ उत्पादन क्षेत्रको अनुगमन गरेका छन् । अनुगमनको क्रममा अध्यक्ष चौंलागाईंले बीऊ उत्पादनको अवस्था र समस्याकोबारेमा किसानसँग जानकारी लिएका थिए ।

धुर्मुसे कृषक समूहले सो क्षेत्रमा गहुँको बीऊ उत्पादन गर्न लागेको हो । सो बीऊ विभिन्न जिल्लामा निर्यात गर्ने गरेको गाउँपालिका अध्यक्ष चौंलागाईंले जानकारी दिए । गहुँ उत्पादनमा आधुनिकता ल्याउन र किसानलाई गहुँको बीऊमा आत्मनिर्भर बनाउन गाउँपालिकाले बीऊ उत्पादनको योजना ल्याएको चौंलागाईंको भनाई रहेको छ ।

बीऊ उत्पादनबाट किसानले एक लटमा ४० देखि ७० हजारसम्म आम्दानी गर्ने गरेको वडा अध्यक्ष कृष्णप्रसाद गौतमले जानकारी दिए । हाल लगभग १ सय ५० मूरी बीऊ उत्पादन हुने अनुमान छ । यसलाई आगामी दिनहरुमा बढाउदै लाने र चौंरीदेउराली गाउँपालिकालाई गहुँको बीऊमा आत्मनिर्भर बनाउने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।