काठमाडौं ।युवा गायक निमा पाख्रिन तामाङ र मोड्लिङ दुनियाँमा निकै सम्भावना बोकेकी ,अस्मिता तामाङको अभिनित रहेको “हिमाली खर्कको”भिडियो सहित बजारमा सार्वजनिक भएको छ।

युवा गायक तथा संगीतकार जोगलाल लामाको शब्द, संगीत रहेको ‘हिमाली खर्क’ निमा पाख्रिन तामाङको आवाज रहेको छ।

उक्त भिडियोलाई कृष्ण ब्लोनको निर्देशन, छायांकन, ड्रोन र भिडियो सम्पादन रहेको छ। भने अडियो गीतको मिक्सिङ दिपेस प्राधानले गरेका थिए।

गायक निमा पाख्रिन तामाङको स्वरमा रहेको दर्जनौं गीतहरु बजारमा आइसकेका छन्।
उक्त “हिमाली खर्कको” म्युजिक भिडियो गायक निमा पाख्रिन तामाङको अफिसियल च्यानलबाट बजारमा ल्याएको हो।
भिडियो हेर्नुस्।

Comments

comments