तामाङ पप गीत ”आङिला जामेसे ङाला सेम” बजारमा आएको छ । हेरुका लामा अफिसियल युटुब मार्फत बौद्धस्थित शेनुर हाउस रेस्टुरेन्टमा एक पत्रकार सम्मेलनबिच गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
समाजसेवी अविरल जिम्बाको प्रमुख आतिथ्यतामा उक्त गीतको म्युजिक भिडियो बजारमा ल्याएको हो । कार्यक्रममा तामाङ चलचित्र जगतका नायक अमिर दोङको विशेष आतिथ्यता, र्यापर उत्तर लामा, हाँस्य कलाकार कुइसाङ रुम्बा, गायक एंव सञ्चारकर्मी आश्मान लोप्चनले शुभकामना मन्तव्य राखेका थिए ।
सांगे ब्लोन तामाङ र गायक आशोक मोक्तान तामाङ्को शब्द रहेको गीतमा गायक अशोक मोक्तानको संगीत र स्वर रहेको छ । दिपेश प्रधानको संगीत संयोजन र मिक्सिङ रहेको गीतको म्युजिक भिडियोलाई बज्र ङेसुर र त्रिलोक लामाले छायांकन, राजेश कुमारले सम्पादन र कलर, सुमिना लोले डबिङ, अर्पण थिङले ब्याकराउण्ड म्युजिक गरेका छन् ।
मोडल एवं निर्देशक हेरुका लामाको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा याङ्की दोङ, अजय कुमार रञ्जितकार, सिता लामा घिसिङ र निर्देशक एंव मोडल हेरुका लामाको अभिनय रहेको छ ।
भिडियाे हेर्नुहाेस्
))
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।

























