काभ्रे जिल्ला तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङले अफूहरु सम्रृद्ध तेमाल बनाउने क्रममा रहेके बताएका छन् । वडा नं. ३ मा रहेको भूमे माध्यमिक विद्यालयको ३२ ‌औं अभिभावक सम्मेलनलाई सम्वोधन गर्दै अध्यक्षा तामाङले यस्तो कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष तामाङले आफूले गर्दै नगरेको काम पनि गरेको भनी पत्रिकामा छाप्न लगाउने अध्यक्षा नभएको स्पष्ट पारे ।

‘विकास निर्माणको नाममा एउटा सिन्को पनि नभाँच्ने अनि टेबुलमा बसेर पत्रकार बोलाएर मैले यो गरें, त्यो गरें भनेर पत्रिकामा छाप्न लगाउने अध्यक्ष म होइन ।’ उनले भने, ‘म विकासकै क्रममा छु, समृद्ध तेमाल बनाउने नै क्रममा छु । हामी जनप्रतिनिधिहरु पूर्वाधारमा लागिरहेका छौं, सडक राम्रो बनाउने भनेर लागिरहेका छौं, कृषि क्रान्तितिर लागिरहेका छौं । जनताको स्वास्थ्यकोबारेमा पनि हामी अघि बढिरहेका छौं ।’

सम्बोधनकै क्रममा उनले विद्यालयको शैक्षिक सुधारको लागि पनि लागिरहेका बताउँदै विद्यालयलाई कस्तो बनाउने शिक्षकहरुको जिम्ममा आफूहरुले छोडेको बताए ।

आफूहरुले अघिल्लो सरकारको फोटोकपी नगरेको बताउँदै आफूहरुले केही नयाँ काम थालनी गरिसकेको बताए ।

‘हामी अघिल्लो सरकारकै फोटोकपी गरेर अघि बढेका छैनौं । अघिल्लो वर्षहरुमा २ वटा पनि टेन्डर हुन नसकेको अवस्थामा हामीले कम्तिमा पनि यो वर्षमा १३ वटा टेन्डर गर्न सफल भएका छौं । अघिल्लो सरकारले कति वटा रणनीतिक बाटो बनाएको थियो  र अहिलेको सरकारले कति वटा सडकलाई रणनीतिक सडक बनाएको छ ?’ अध्यक्ष तामाङले भने, ‘कम्तिमा तेमाल गाउँपालिकाको ९ वटा सडकलाई रणनीतिक सडकको रुपमा अगाडि बढाएका छौं । अब  ५ वर्ष भित्रमा पिच समेत सम्पन्न गर्ने योजनामा छौं ।’

उनले एक अर्को प्रसंगमा शिक्षामा अभिभावकहरुको पनि महत्त्वपूर्ण भूमिका रहनेमा जोड दिए । ‘आफ्ना छोराछोरीलाई राष्ट्रिय अन्तर्राष्ट्रि स्तरसम्म प्रतिस्पर्धा गर्न सक्ने योग्य बनाउनु पर्छ । आफूलाई बुढेसकालमा पाल्छ कि भनेर तपाईंले पढाइरहनु भएको छ ।’ उनले भने, ‘यदि राम्रो ख्याल गर्नुभएन भने तपाईको छोराछोरीले तपाईंलाई पाल्दैन, तपाईं बुढेसकालमा बृद्धाश्रम तिर पुग्ने छ ।’

उनले विगतको रिजल्ट अत्यन्तै दुःख लाग्दो रहेको बताउँदै यो वर्ष सुधार हुनेमा आफूले विश्वास लिएको बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।