काभ्रे जिल्लाको तेमाल गाउँपालिका अध्यक्षा चन्द्रबहादुर तामाङ र उपाध्य दलमान थोकरले वडा नं ५ स्थित गिम्दीमा निर्माण भएको ध्यानकेन्द्र भवनको उद्घाटन गरेका छन् । विहिबार एक कार्यक्रमका बीच अध्यक्ष तामाङ र उपाध्यक्षा थोकरले भवनको उद्घाटन गरेका हुन् ।
कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्षा तामाङले ध्यानकेन्द्र भवन निर्माणले सबैलाई सत्य र धर्मको मार्गमा अघि बढ्न सहज हुनेमा विश्वास व्यक्त गरे । गुरु रिम्पोछे स्याप्जेवाङ जस्तो पवित्र स्थलमा निर्माण भएको ध्यानकेन्द्रले धार्मिक पर्यटन विकासमा थप टेवा पुग्ने बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दलमान थोकर, वड नं ५ का वडा अध्यक्षा हजारसिं लामा, प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकाल लगायतले मन्तव्य राखेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।















