स्विस सरकार बिकास सहयोग एसडीसि, यू एन सि डी एफ र सस्तोडिल प्रा. लि को साझेदारीमा चौंरीदेउराली गाउपालिका स्थित कल्याणकारी बहुउद्धेश्यीय सहकारी संस्थाको आयोजनामा एक दिवसीय “उद्यमीको लागि प्रविधि – डिजिटल साक्षरता प्रशिक्षण कार्यक्रम” सम्पन्न गरेको छ ।

काठमान्डौमा विभिन्न पेशा ब्यबसाय गरि बसेका महिला सदस्यहरुलाई लक्षित गरेर संस्थाले  एक दिवसीय “उद्यमीको लागि प्रविधि – डिजिटल साक्षरता प्रशिक्षण कार्यक्रम” आयोजना गरिएको हो ।

परम्परागत शैलीमा ब्यापार गर्दै आएका सदस्यहरुलाई डिजिटल प्रविधिमा जान प्रोत्साहन गर्नु यस कार्यक्रमको प्रमुख उद्धेश्य रहेको संस्थाका ब्यबस्थापक रुपा दाहालले बताए । कार्यक्रममा संस्थाका उपाध्यक्ष सीता लामाले संयोजन गरेका थिए भने प्रशिक्षणमा सुशान्त धिमिरेले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।

तालिम कार्यक्रममा सामाजिक संजाललाई व्यवसायमा कसरी प्रयोग गर्न सकिन्छ ? फेसबुक, टिकटक, ह्वाटसएप, भाइबर लगाएत इकमर्स कम्पनीमा जोडिएर ब्यापार सुरु तथा बिस्तार गर्न सिकाइएको थियो । कुनै एक सटरमा भएको व्यापारलाई देशभरिको ग्राहकसम्म पुर्याउन इ–कमर्स कम्पनीले पुर्याउने फाइदा तथा सुविधाको स्पष्ट पारिएको थियो  ।

संस्थाका अध्यक्ष लक्ष्मण गौतमले संस्थाले सहकारीका सदस्यलाई प्रविधिमा जोड्न गरेको प्रयासमा साथ दिने सबै सहभागीलाई धन्यवाद दिदै संस्थाले निकट भविष्यमा गर्न लागेको कामको समेत व्याख्या गर्दै सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।  कार्यक्रममा ४० जना महिला उद्यमी सदस्यहरुको सहभागिता रहेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।