प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) यहि बैशाख २६ गते काभ्रे आउने भएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल महाभारत गाउँपालिकामा आउन लागेको हो ।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार नेपाल विद्युत प्राधिकरणको केन्द्रिय प्रसारण लाइनको उद्घाटन तथा पिङ्गथली, रजबास, भुमिचुलि, बुढाखानी, देविटार सडक खण्ड शिलान्यासको लागि महाभारत आउन लागेका हुन् ।

अध्यक्ष जिम्बाका अनुसार प्रधानमन्त्री प्रचण्ड बिहान ११ः३० बजे महाभारत गाउँपालिका–५ चराकिल्ला पुग्ने कार्यक्रम तय भएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत महाभारत पुगेर सडकको शिलान्यास र विद्युतको उद्घाटन गरि फर्किने कार्यक्रम रहेको जिम्बाले जानकारी दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।