डिलबहादुर थाेकर
काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा निःशुल्क दन्त शिबिर सम्पन्न भएको छ । वडा नं. ५ स्थित ग्योइगार सौंरामा सोमबार सञ्चालन भएकोएक दिने निःशुल्क शिविरको उद्घाटन गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङले गरेका थिए ।
शिविर बिन्धवासिनी साकोस र तेमाल गाउँपालिकाको संयुक्त आयोजनामा प्रिमिएर डेन्ट्लको प्रबिधिक सहयोगमा सञ्चालन भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष तामाङले एक दिने भएपनि दन्त शिविरले आधाभूत जनताको दाँत सम्बन्धी समस्या पहिचान हुने र समानधान हुनेमा सहयोग पुगेको बताए । तेमाल गाउँपालिकामा आफू नेतृत्वमा आएपछि जनताको स्वास्थ्यलाई केन्द्रमा राखेको र विभिन्न प्रकारको स्वास्थ्य शिविरहरु सञ्चालन गरेको बताए । साथै अध्यक्ष तामाङले अझै पनि राम्रो सामाजिक कामहरु यो सस्था मार्फत ल्याउन र आफूहरु सहयोगको लागि सधैं तयार रहेको बताए ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत स्याङ्तानले यस आर्थिक बर्ष लागत्तै तेमाल गाउँपालिकामा पनि तेमाल क्षेत्रका सदस्यहरुलाई सहजताको लागि बिन्धवासिनी साकोसका सेवा केन्द्र खोल्ने जानकारी दिए ।
कार्यक्रमको विशेष अतिथीमा गाउँपालिका उपाध्यक्ष दलमान थोकर, अतिथिहरुमा तेमाल ५ का वडा अध्यक्ष हजार सिङ लामा, प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकाल, बिन्धवासिनी साकोसका अध्यक्ष शान्त कुमार श्रेष्ठ, बिन्धवासिनी साकोसका कार्यकारी अधिकृत केवि लामा स्याङ्तान, तेमाल गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख शिबहरि पाठक, भकुण्डे सेवा कार्यालय उपसमितिको सचिब रामशरन श्रेष्ठ र शिक्षा सहायक भिमलाल लामाको सहभागीता थियो ।
शिविरबाट १ सय ९६ जना लाभान्वित भएको भकुण्डे सेवा कार्यालय उपसमिती संयोजक श्यामकृष्ण श्रेष्ठ जानकारी दिए ।
कार्यक्रमको संचालन बिन्धवासिनी साकोस भकुण्डे सेवा कार्यालयका कार्यालय व्यबस्थापक प्रबिन धितालले गरेका थिए भने स्वागत मन्तब्य भकुण्डे सेवा कार्यालय उपसमितिको सचिब रामशरन श्रेष्ठले राखेको थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























