अशोकबुद्ध लामा तामाङ
काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ७ भकुण्डेबेशीँमा अवस्थित श्री नव प्रतिभा अङ्ग्रेजी माध्यमिक विद्यालयमा बाल क्लब गठन गरिएको छ । सोमबार विद्यालयमा नमोबुद्ध नगरपालिकाको महिला बालबालिका तथा समाजकल्याण उपशाखा प्रमुख प्रमिला हुमागाईँको रोहवरमा उक्त क्लब गठन गरिएको हो ।
बाल क्लब गठन कार्यक्रममा महिला बालबालिका तथा समाजकल्याण उपशाखा प्रमुख हुमागाईँले बाल क्लबको बारेमा प्रकाश पारेकी थिइन् । सो विद्यालयमा उमङ्ग काफ्लेको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन भएको छ । जसमा रिकेशा उप्रेती उपाध्यक्ष, रेजिना मैनाली सचिव र रुपक श्रेष्ठ कोषाध्यक्ष रहेको शिक्षक विवेक कुमार तामाङले जानकारी दिए ।
बाल क्लब गठन भएपछि आफूहरु अत्यन्त खुसी र उत्साहित रहेको र आउँदो दिनहरुमा बालबालिकाको हक, अधिकार र कर्तव्यको बारेमा सुसूचित गराउँदै अगाडि बढ्ने विद्यार्थीहरुले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।