प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले काभ्रे जिल्लाको कर्णाली भनेर चिनिने महाभारत गाउँपालिका पुगेरसडक शिलान्यास र नेपाल विद्युत प्राधिकरणको केन्द्रिय प्रशारण लाइनको उद्घाटन गरेका छन् । मंगलबार हेलिकोप्टर मार्फत महाभारत गाउँपालिका पुगेका प्रधानमन्त्री प्रचण्डले सडक र केन्द्रिय प्रशारण लाइनको उद्घाटन गरेका हुन् ।
अँध्यारोमा बस्न विवस भएका महाभारतबासी अब उज्यालोमा बस्न पाएका छन् । यस अघि पटक पटक सो गाउँपालिकामा आउँदा प्रचण्डले विद्युतीकरण र सडकको विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । प्रतिबद्धता मुताविक विद्युतको केन्द्रिय प्रशारण लाइन आज उद्घाटन सम्पन्न भएको छ ।
यसैबीच महाभारत गाउँपालिकाको कार्यालय देविटार पुग्ने सडक पिन्थली रजवास भूमिचुली बुढाखानी देविटार खण्डको १७ किलोमिटर लामो सडक प्रधानमन्त्री दाहालले शिलान्यास गरेका छन् । बागमती प्रदेश सरकारलको रकममा निर्माण हुने गरि सडक ६० करोड ९६ लाखमा निर्माण सम्झौता भएसँगै आज शिलान्यास गरिएको हो । पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोक मार्फत निर्माण हुने सो १७ किमी सडक निर्माणका लागि ६० करोड ९६ लाख ७१ हजार ६ सय १९ रुपैयाँको लागतमा सम्झौता भएको हो ।
२०८० वैशाख १९ गते सम्झौता भएको उक्त सडकको शिलान्यास प्रधानमन्त्री दाहालले आज महाभारत चारकिल्ला पुगरे गरेका हुन्। २०८२ कार्तिक १९ गतेसम्म ३० महिना भित्र निर्माण कार्य सक्ने गरी बागमती प्रदेश सरकारले सन्तोषी धर्म जेभी सँग सम्झौता गरेको छ । माओवादीको जनयुद्ध सुरु भएको यति लामो समय पछि माओवादी नेतृत्वको सरकारले उक्त सडकलाई जनमुक्ति नामाकारण गरी बजेट विनियोजन गरेको छ ।
महाभारत गाउँपालिकाको तीनखुट्टे–देवीटार सडक कालोपत्रेको योजना ३ वर्षमा पनि पुरा नभएको गुनासो गरेका थिए । तीनखुट्टेमा निर्माणाधीन पक्की पुलको पनि उल्लेख्य काम भएको छैन । ठेकेदारको लापरबाहीले समयमै काम सम्पन्न हुन नसकेको स्थानीयको गुनासोलाई उचित सम्बोधन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बाचा समेत ब्यक्त गरेका थिए ।
प्रम प्रचण्डले आफ्नो प्रतिबद्धता पूरा गरेकोमो महाभारतबासी खुशी भएका छन् । सडक राम्रो चाँडै बनाउन महाभारतबासीले प्रचण्डलाई अनुरोध समेत गरेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।















