नेकपा (एकीकृत समाजवादी) निकट नेपाल पिपुल्स भोलेन्टियर्सको आयोजनामा प्रथम मदन आश्रित स्मृति नकआउट सेभेन ए साइड खुला फुटबल प्रतियोगिता हुने भएको छ । युवा संघका स्थायी कमिटी सदस्य समिप त्रिपाठीका अनुसार प्रतियोगिता जेठ ३ गतेदेखि सुरु हुने भएको छ ।

नेपाल पिपुल्स भोलेन्टियर्सले सोमबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता जेठ ३ गतेदेखि ८ गतेसम्म हुने जानकारी दिएको छ ।

युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष नितेश पौडेल लगाएत नेताहरुको उपस्थिति रहेको पत्रकार सम्मेलनमा आयोजकले दिएको जानकारी अनुसार प्रतियोगितामा न्युनतम ६० र अधिकतम १०० टिमको सहभागिता रहने बताइएको छ । प्रतियोगिता बिहान सात बजेदेखि साँझ सात बजेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई पाँच हजार रुपैयाँ दर्ता शुल्क राखिएको छ । पाँच दिने प्रतियोगिता सञ्चालनका लागि लैनचौर ग्राउन्ड तय भइसकेको र अरु मैदानको पनि खोजी भइरहेको आयोजकले बताए ।

प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछन् । उपविजेता हुने टिम दुई लाख र तेस्रो हुने टिम एक लाख रुपैयाँबाट पुरस्कृत हुनेछन् । युवा संघ नेपालका स्थायी कमिटी सदस्य त्रिपाठीका अनुसार प्रतियोगिताको एककिृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।