काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ९ मा रहेका कुशेश्वर माविका विद्यार्थीहरुलाई उर्मती एसोशियसन फ्रान्सले शैक्षिक सामाग्री वितरण गरेको छ । बुधबार संस्थाका अध्यक्ष तथा समाजसेवी पासाङ डोल्मा तामाङले एक कार्यक्रमका बीच शैक्षिक सामाग्री वितरण गरेका हुन् ।

विगत लामो समय देखि काभ्रेको विभिन्न विकट क्षेत्रका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्दै आएका उर्मती एसोशियसन फ्रान्सले विद्यार्थीलाई प्रोत्साहन स्वरुप शैक्षिक सामाग्री वितरण गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष तामाङले गुणस्तरीय शिक्षामा टेवा पु¥याउने उद्देश्यले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको बताइन् । शैक्षिक सुधारको लागि यो कार्यक्रमले विद्यार्थीलाई प्रोत्साहित गर्नेमा उनले विश्वास समेत व्यक्त गरिन् । उनले आफूले आगामी दिनहरुमा समेत सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

यसैबीच वडा नं. ९ का वडा अध्यक्ष चन्द्रबहादुर लामाले विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेकोमा उर्मती एसोशियसन फ्रान्सका अध्यक्ष तामाङ र संस्था प्रति आभार प्रकट गर्दै धन्यवाद समेत ज्ञापन गरे ।

कार्यक्रममा २ सय ५२ दर्जन कापी, ४ सय ३१ पकेट पेन्सिल र पेन, कलर पेन्सिलहरु वितरण गरेका थिए । कार्यक्रममा विद्यालयको पूर्व प्रअ प्रेमबहादुर रायमाझीले विद्यालयको विगत र वर्तमानको अवस्थाको बारेमा चर्चा गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज दोङको अध्यक्षतामा भएको सो कार्यक्रममा विव्यस सदस्य डिलबहादुर थोकर (ग्याम्जो)ले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन विद्यालयको प्रधानाध्यापक डिए दोङले गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























