ऐतिहासिक १९ दिने दोस्रो जनआन्दोलन २०६२।०६३ मा प्रहरीको गोली लागी घाइते भएका काभ्रे स्थित बनेपाका मुकेश कायस्थको निधन भएको छ । बनेपा स्थित शिर मेमोरियल अस्पालमा उपचारको क्रममा आज साँझ निधन भएको हो ।
जनआन्दोलनका घाइते मुकेशलाई उपचारका लागि तीन दिनअघि अस्पतालमा भर्ना गरिएको थियो । शीर मेमोरियल अस्पतालले मुकेशको निधन भएको पुष्टि गरेको छ । अस्पताल भर्ना गर्दा उनको शरीरमा निमोनियाको मात्रा निकै बढेको चिकित्सकहरुले बताएका छन् ।
बनेपा नगरपालिका वडा नम्बर ८ स्थायी घर भएका मुकेश वि.स. २०६२ चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागि अचेत भएका थिए । उनको लागि सरकारले नीजि चिकित्सकको व्यवस्था समेत गरेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।















