काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १० का किसानलाई अनुदानमा मिनीटिलर वितरण गरिएको छ ।
कृषि ज्ञान केन्द्र धुलिखेलसंगको सहकार्यमा जोगिटार कृषि सहकारी संस्थाले प्राप्त गरेको अनुदानको मिनीटिलर नगरप्रमुख टोक बहादुर वाईबाको प्रमुख आतिथ्यतामा आज एक कार्यक्रमको आयोजना गरिएको वितरण गरिएको हो ।
कृषि ज्ञान केन्द्र धुलिखेलको तरकारी बाली अनुदान कार्यक्रम अन्तर्गत किसानलाई मिनीटिलर वितरण गरिएको सहकारीका कोषाध्यक्ष श्याम नेपालले जानकारी दिए । कोषाध्यक्ष नेपालका अनुसार ५० प्रतिशत अनुदानमा ४० जना किसानलाई मिनीटिलर वितरण गरिएको हो ।
कार्यक्रममा नगरप्रमुख वाईबाले मिनीटिलरलाई राम्रोसंग जतन गरेर प्रयोग गर्न आग्रह गरे । ‘यो मिनीटिलरमा तपाईको पनि लगानी छ । यसलाई जतनसंग चलाउनुहोस् । कृषिमा आधुनिकीकरणले धेरै सजिलो बनाएको छ । तर तपाईले यो सामग्रीको जतन गर्नुभएन भने छिट्टै बिग्रन्छ ।’ नगरप्रमुख वाईबाले भने ।
कार्यक्रममा विशेष अतिथी नगरउपप्रमुख विष्णुमणी नेपालले सबै पक्षसंग हातेमालो गरेर कृषि क्षेत्रबाट धेरै धेरै आम्दानी लिने गरी काम गर्न नगरपालिका तयारी रहेको बताए । कार्यक्रममा वडा अध्यक्ष कुमार मोक्तान, ज्ञान केन्द्रका प्राविधिक उमेश सापकोटा सहित किसानहरुको सहभागिता रहेको थियो ।
सहकारीका अध्यक्ष नारायण नेपालको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका उपाध्यक्ष कृष्ण प्रसाद नेपालले स्वागत मन्तब्य राखेका थिए ।
Comments