काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ७ मा निर्माणाधीन राष्ट्रिय तामाङ संग्रहालय र प्रदेश स्तरीय रङ्गशालाको अनुगमन गरेका छन् । बिहीबार गाउँपालिका उपाध्यक्ष दलमान थोकर र गाउँपालिकाको प्रवक्ता तथा वडा नं. ७ का वडा अध्यक्ष इन्द्रलाल तामाङले अनुगमन गरेका हुन् ।
अनुगमनको लागि उपाध्यक्ष थोकर र वडा अध्यक्ष तामाङको साथमा लेखा अधिकृत सूर्यप्रसाद त्रिपाठी र शिक्षा सहायक भीम लामा लगायतका टोली पुगेका थिए ।
अनुगमन पछि उपाध्यक्ष थोकरले दुवै योजना तीव्र गतिमा अगाडि बढिरहेको पाइएको प्रतिक्रिया दिए । देशको विभिन्न क्षेत्रमा बसोबास गरेका तामाङ समुदायको बारेमा अध्ययन गर्न सजिलो हुनेगरि निर्माण गर्न लागेकोले तेमाल गाउँपालिकाले तामाङ राष्ट्रिय संग्रहालयलाई महत्त्वका साथ प्राथमिकता दिएको थोकरले बताए । साथै प्रदेश स्तरीय खेलकुद प्रतियोगिता गर्न हुनेगरि प्रदेश स्तरको रङ्गशाला निर्माण पनि गाउँपालिकाको प्राथमिकताका योजना रहेको उनले जानकारी दिए ।

यसैबिच गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ७ का वडा अध्यक्ष इन्द्रलाल तामाङले प्राविधिक स्टामेट अनुसार नै निर्माण भइरहेको आफूले पाइएको जानकारी दिए । वडा अध्यक्ष तामाङका अनुसार रङ्गशालाको काम ५० प्रतिशत र तामाङ राष्ट्रिय संग्रहालयको काम ८० प्रतिशत सम्पन्न भएको छ ।
उनका अनुसार प्रदेश स्तरीय रङ्गशालाको लागि समपूरक बजेट अन्तर्गत प्रदेशबाट ८५ लाख र पालिकाले ८५ लाख गरी १ करोड ७० लाख बजेटको व्यवस्था भएको थियो भने तामाङ राष्ट्रिय संग्रहालयको लागि समपूरक अन्तर्गत प्रदेशबाट १ करोड र पालिकाले १ करोड गरी २ करोड बजेटको व्यवस्था गरिएको थियो ।
तामाङ राष्ट्रिय संग्रहालय निर्माणको जिम्मेवारी नारायणस्थान निर्माण सेवाले र रङ्गशाला भने राहुल कन्स्ट्रक्सनले जिम्मा लिएको थियो । दुवै आयोजना असार मसान्त भित्रमा सम्पन्न हुनुपर्ने छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















