काठमाडौं ।नेपाल राष्ट्रिय तामाङ घेदुङको आयोजनामा आयोजित तामाङ सांस्कृतिक भवन निर्माण सहयोगार्थ तथा डुकाउ पर्यटन कृषि तथा साँस्कृतिक महोत्सव २०८० कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ दुबोचौर, गोठाटार, काठमाडौं अर्थात् (लभ डाँडा)मा उद्घाघटन समारोह सम्पन्न भएको छ।
शुक्रबार नेकपा एमालेको केन्द्रीय सदस्य तथा पुर्व स्थानीय विकास मन्त्री रेशम लामाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम उद्घाटन गरिएको हो।
काठमाडौंको बुढानिलकण्ठ वडा नं २ चपाली हाईटमा निर्माणाधीन तामाङ समुदायको एकमात्र तामाङ सांस्कृतिक भवन निर्माण कार्यलाई सम्पन्न गर्ने महोत्सवको मुख्य उदेश्य रहेको राष्ट्रिय तामाङ घेदुङको महासचिव प्रविन बलले जानकारी दिनुभएको छ।
प्रमुख अतिथि लामाले मन्तव्यको क्रममा राष्ट्रिय तामाङ घेदुङलाई विशेष धन्यवाद दिदै,तामाङ भवनको आवश्यकता छ,चाहन्छ पनि ।निर्माणको शुरूवात चरण देखि नै आफुले सकेको साथ दिदै अाएको बताउदै ।उहाँले भन्नूभयो मेरो घर बन्दै थिए,तर ढलान गर्नु पर्ने थियोे,मेरो घरको ढलान नगरिकन मैले भवनलाई प्राथमिकतामा राखेर घर ढलान गर्ने पर्ने गिट्टी दिएको छु। यसरी नै सबैजनालाई सकेको साथ सहयोग गर्न अपिल समेत गर्नुभएको छ।
यस महोत्सव २०८० वैशाख २९ गतेदेखि २०८० जेष्ठ १५ गते सम्म सञ्चालन हुने भएको छ। साथै महोत्सवमा प्रत्येक दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका चर्चित कलाकारहरुले सांगीतिक प्रस्तुतिहरु हुने राष्ट्रिय तामाङ घेदुङको साँस्कृतिक विभाग अभिषेक तामाङले जानकारी दिएको छ।
तामाङ निर्माणाधीन तामाङ भवनलाई सहयोगका लागि देश विदेशमा रहेका आम सहयोगी दाताहरुलाई आयोजकले अनुरोध समेत गरिएको छ।
कार्यक्रममा विशेष अतिथि, कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्की, पशुपति विकास समितिको सदस्य सचिव डा मिलन कुमार थापा बाैद्वनाथ क्षेत्र विकास समितिको अध्यक्ष राजकुमार लामा,तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङ रहेका थियोे भने अतिथिमा तामाङ शैक्षिक परामर्शको अध्यक्ष के.डि मोक्तान लगायतका संघ संस्थाका अतिथिहरुको उपस्थिति रहेका थिए।
उक्त महोत्सवलाई संयुक्त नेपाल मेला महोत्वस ग्रुप प्रा लिको व्यवस्थापनमा रहेको छ।
राष्ट्रिय तामाङ घेदुङको अध्यक्ष वीरबहादुर योञ्जनको सभापतित्वमा सम्पन्न कार्यक्रम चर्चित सञ्चारकर्मी तथा राष्ट्रिय तामाङ घेदुङको सञ्चार विभाग प्रमुख कर्म लामाले सञ्चालन गरिएको हो।
Comments