२०७५जेष्ठ १९गते ।
भक्तपुर
साहित्यलाई समाजमा एक महत्त्वपूर्ण रुपले लिएको पाईन्छ ।साहित्यले हरेक भाषा ,धर्म संस्कार र संस्कृतिको जगेर्ना गरिन्छ ।
तामाङ सेम्लेङ न्हान भक्तपुरको तेस्रो अधिबेशनबाट मोतिलाल दोङलाई अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ। नेपाल तामाङ घेदुङका भाषा साहित्य प्रमुख काजिमान थिङ्को प्रमुख आतिथ्यता सम्पन्न भएको हो। उद्घाटन मन्तव्य राख्दै थिङ्ले तामाङ साहित्यक संस्थाहरु भाषा साहित्यका बिश्व बिधालय भएको बताए ।कार्यक्रममा तामाङ डाजाङकी अध्यक्ष सञ्जु ब्लोन,तामाङ पत्रकार संघको अध्यक्ष बिष्णु मोक्तान, स्रष्टा समाजका अध्यक्ष ङेमा थाङ्पाल ,नाङ्साल क्लबको उपाध्यक्ष डुब्साङ लामा लगाएत अतिथिहरु शुभकामना मन्तव्य राख्नु भएको थियोे। कार्यक्रमबाट २ जनाको संरक्षक ९ सदस्यीय सल्लाहकार समिति भाषा साहित्य बिभाग प्रेम लाल दोङ,तामाङ मौलिक व्हाइ सङ्गिता थिङ सञ्चारमा बिबेक लोप्चन र २५ सदस्यीय नयाँ कार्यसमिति चयन हुनुभयको छ। उपाध्यक्ष धन कुमारी घिसिङ, महासचिव कबिराज काल्तान सचिव अनिशा थिङ कोषाध्यक्ष रचना मोक्तन आगामी ३ बर्षका लागि निर्वाचित हुनु भएको छ।तामाङ साहित्यमा प्रभावकारी भुमिका निभाउन र तामाङ भाषा, धर्म, संस्कार र संस्कृतिलाई उजागरण र प्रवर्द्धन गर्नको लागि यो संस्थाले महत्त्वपूर्ण भुमिका खेल्दै अाएको नि वर्तमान अध्यक्ष कुमार स्याङपोले तेमाल अनलाइनलाई जानकारी दिनुभयो ।निर्वाचित अध्यक्ष दोङले अब समाज परिवर्तन गर्नको लागि साहित्यिक क्षेत्रबाट प्रभावकारी भुमिका खेलिने र साहित्य प्रेमी मित्रहरुलाई संस्थागत ढंगले अगाडि बढ्न आव्हान समेत गरिएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।