माओवादी केन्द्र निकट युवा संगठन वाईसिएल नेपाल, बेथानचोक गाउँपालिकाको दोस्रो भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले अच्यूत संजेलको अध्यक्षतामा बेथानचोक गाउँपालिका कमिटी चयन भएको छ ।
भेलाले उपाध्यक्षमा बिशाल तामाङ र पदम तिमल्सिना, सचिवमा टेक बहादुर वाईबा, सह–सचिमा वश्वराम तामाङ, शुकराम ईन्जन, राम थापा र कोषाध्यक्षमा लक्षिना तिमल्सिना चयन गरेको छ ।
यसैबीच भेलाले सदस्यहरुमा सुनिल योन्जन, सुनिल तिमल्सिना, बलराम तिमल्सिना, पबिन्द्रराज तिमल्सिना, यमन कार्की, फुल बहादुर भोलन, मिलन थोकर, सुनिल रुम्बा, सन्जिब मोक्तान, रामकुमार लामा, पवन वाईबा, नमराज बुढाथोकी, बालकृष्ण ओझा, निरोज ओझा, कृष्ण बहादुर तामाङ चयन गरेको छ ।
माओवादी केन्द्रको केन्द्रिय सदस्य कृष्ण अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा जिल्ला सचिव दैवलाल घिसिङ, प्रदेश कमिटी सदस्य मर्दनसिं तामाङ, जिल्ला सदस्य राज तामाङ लगायतका अतिथिहरु सहभागी थियो ।
कार्यक्रम माओवादी केन्द्रका बेथानचोक गाउँपालिका अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष तारा रानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















