काभ्रे बेसबल तथा सफ्टबल संघ गठन भएको छ । आज (आइतबार) सम्पन्न एक भेलाले रोमन श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन भएको हो ।

संघको उपाध्यक्षमा राजेश लामा, विजय लामा, सचिवमा कुमार लामा, कोषाध्यक्षमा प्रमि तामाङ लामा, सदस्यहरुमा सुनिल लामा, अभिषेक लामा, सज्जन तामाङ, विपिन कुइकेल निर्विरोध निर्वाचित भएका छन् ।

यसैबीच संघको केन्द्रिय प्रतिनिधिमा रोमन श्रेष्ठ र प्रदेश प्रतिनिधिमा कुमार लामा र प्रमी लामालाई चयन गरेको छ ।

कार्यक्रम जिल्ला खेलकुद समितिका अध्यक्ष मानबीर वाइबाको प्रमुख आथिथ्यतामा सम्पन्न भएको थियो ।

Comments

comments