सरकारले हालै निधन भएका काभ्रेका मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कायस्थलाई राष्ट्रिय सहिद घोषणा गरेको सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
२०६२/०६३ सालको जनआन्दोलनमा घाइते भएका कायस्थ लामो समय अचेत अवस्थामा थिए । गत वैशाख २८ गते भने उनको निधन भएपछि सरकारले राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरेको हो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















