जापानमा बस दुर्घटनामा परी मृत्यु भएको काभ्रे जिल्लाका नवराज तामाङ भुम्लु गाउँपालिका वडा नं. ९ को रहेको खुलासा भएको छ ।

नेपाली जनप्रगतीशील मंच जापानका पूर्व अध्यक्ष हवलचन्द्र लामाका अनुसार सेन्दाईस्थित सहरमा मंगलबार साँझ बस दुर्घटना हुँदा उनको मृत्यु भएको थियो ।

लामाका अनुसार नवराज ६ महिना अघि मात्र अध्ययनको लागि जापान पुगेका थिए । सो घट्नामा मृत्यु हुनेमा ओखलढुंगा जिल्लाका युवराज थापा रहेको उनले बताएका छन् ।

जापानको सेन्दाइ नजिक मंगलबार राती बसलाई ट्रकले पछाडिबाट ठक्कर दिंदा दुर्घट्ना भएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।