काठमाडौं ।तामाङ चलचित्र क्षेत्रका महानायक अमिर दोङ र मोड्लिङ क्षेत्रमा उदाएकी नव मोडल अम्बालिका तामाङले अभिनय गरेको “जेठिला माया आम्लोङ ताजी” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

तामाङ कलाकार संघको अध्यक्ष तथा लोकप्रिय गायक तथा संगीतकार विश्व दोङको प्रमुख आतिथ्यतामा एक विशेष पत्रकार सम्मेलन आयोजना गरि उक्त म्युजिक भिडियोलाई बजारमा ल्याएको हो।

वीर बहादुर तामाङ गोङ्बोको प्रस्तुति रहेको जेठिला माया आम्लोङ ताजी भन्ने बोलको गीत मंगलबार काठमाडौ बाैद्व जोरपाटी स्थिति द स्हेनोर हाउसमा पत्रकार सम्मेलन भएको थियोे ।

पारिवारिक वास्तविक कथामा बनेको उक्त गीतमा निक्कै ठट्यौली पाराले जुहरीको रुपमा शब्द रचना गरिएको छ । परिवारभित्र भएको दोस्रो विवाह र त्यसपछिको अवस्थालाई समेत उजागर गरेर शब्दहरु रचिएका छन् र ती शब्दहरुमा उत्तीकै मीठो संगीत भरीएको छ ।

गीतको गीतकार वीर ब.तामाङ गोङ्बोको शब्द रहेको छ भने संगीत रिजन थिङले संगीत संयोजन गरिएको छ।गीतमा रिजन थिङ स्वयम र चर्चित गायिका जितु लोप्चानको आवाज रहेको छन्।भने मिक्सिङ एरेन्ज अर्पनले गरेका छन् ।

भिडियोको निर्देशन तामाङ चलचित्रका महानायक अमिर दोङको निर्देशनमा निर्माण गरिएको हो भने कोरियोग्राफर हेरुका लामा बल रहेको छ ।भिडियोको छायांकन, दृश्य सम्पादन, रंग संयोजन र ड्रोन अपरेटरको भुमिकामा त्रिलोक लामा रहेका छन् भने मेकअप आर्टिस्ट रेशम लामा रहेका छन् ।

उक्त भिडियोमा हाँस्यकलाकार कलाकार कुइसाङ रुम्बा, नायिका तथा मोडल क्रिश्मा वाइबा, पत्रकार छेडुप दोङ, जीवन वाइवा, लोप्सी लामा लगायतका अतिथि कलाकारहरुले अभिनय गरिएका छन् ।

कार्यक्रममा अतिथिहरु नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकका अध्यक्ष थुप्तेन ग्याल्बो मोक्तान, नायिका एवम् मिस तामाङका सि.इ.ओ.रन्जिता ब्लोन, महिला बालबालिका तथा बैदेशिक रोजगार उद्धार नेपालका जनसम्पर्क विभाग प्रमुख फुर्बादोर्जे मोक्तान, नेपाल तामाङ पत्रकार संघका केन्द्रिय सदस्य मिलन कुमार लामा, राष्ट्रिय तामाङ कलाकार संघका महासचिव एवम् गायक तथा संगीतकार सानुबाबु घिसिङ लगायत अन्य थुप्रै कलाकार, गीतसंगीत प्रेमी महानुभावहरुका साथै विभिन्न व्यवसायी तथा राजनैतिक व्यक्तित्वहरुको समेत उपस्थिति रहेका थिए ।

उक्त म्युजिक भिडियो रिपु योञ्जन अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

कार्यक्रम डम्फू मिडिया प्रा.लि को निर्देशक तामाङ चलचित्र महानायक अमिर दोङको सभापतित्वमा सम्पन्न कार्यक्रम पत्रकार तथा सञ्चारकर्मी सुदिन दोङले सञ्चालन गरिएको थिए।
भिडियो हेर्नुस्

Comments

comments