काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ५, पोखरी नारायणस्थान अन्नपूर्ण ऐयरलाईन्स हेलिकोप्टर आपतकालीन अबतरण भएको छ ।
तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङका अनुसार आज सोलुखुम्बु जिल्लाको लुक्लाबाट उडेको सो हेलिकोप्टर बिहान ९:३० बजे तेमालमा आपतकालीन अबतरण भएको हो ।

खराब मौसमका कारणले आपकालीन अबतरण गर्नुपरेको चालक दललाई उदृत गर्दै अध्यक्ष तामाङले जानकारी दिए ।
हेलिकोप्टरमा सवार ४ जना विदेशी नागरिकहरु सहित नेपाली पर्यटन व्यवसायी दावा शेर्पा रहेको नारायणस्थान प्रहरी चौकीका इन्चार्ज इमलाल मोक्तानले जानकारी दिएका छन् । उनका अनुसार हेलिकोप्टरमा सवार सबै जना सुरक्षित रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















