-अञ्जली तामाङ
काभ्रे । सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले भ्रष्टचारका दूलाहरु पत्ता लगा उने प्रतिबद्धता जाहेर गरेका छन् ।
भिडियो हेर्नुहोस्ः
शनिबार आलु सुपरजोन कार्यन्वयन इकाई काभ्रे र बेथानचोक गाउँपालिकाको आयोजनामा ढुंखर्कमा भएको ‘प्रथम काभ्रे आलु महोत्सव–२०७५’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले यसरी प्रतिबद्धता जाहेर गरेका हुन् ।
‘हामी प्रत्येक भ्रष्टचारका दूला–दूला पत्ता लगाउँछौं र त्यो दूला भित्र हामी साँचो थापेर त्यो भ्रष्टचारीहरुलाई खोरमा हाल्छौं ।’ उनले भने, ‘मर्नेबेला हामीले भ्रष्टचार गरेको सम्पत्ति लादैनौं । किनभने कात्रोमा खल्ती हुँदैन ।’
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले जनताको घरदैलोमा जाँदा गरेको बाचा पूरा गर्न सांसदलाई पैसा चाहिएको बताए । व्यक्तिगत रुपमा बाही खाता राख्न र बाँड्नलाई भने पैसा नचाहिएको उनको कथन थियो ।
आफूहरु सम्पूर्ण क्षेत्रमा दिगो विकास गर्न चाहेको पनि उनले बताए । ‘यो सरकारको सम्पूर्ण ध्यान आर्थिक विकास तिर छ ।’ बाँस्कोटाले भने, ‘आगामी वर्ष ८ प्रतिशतले आर्थिक बृद्धि गर्छौं ।’
विकासको गतिलाई रोक्ने कोही नभएको बताउँदै उनले आफूहरु विकासको लागि अगाडि बढ्ने बताए ।
सम्बोधनकै क्रममा मन्त्री बाँस्कोटाले तरकारीमा कसरी सिन्टीकेट छ त्यो सरकारले हेरिरहेको बताउँदै अब यसलाई पनि ठीक पार्ने प्रतिबद्धता जााहेर गरे ।
कार्यक्रमको उद्घाटन मन्त्री बाँस्कोटाले आलु खनेर गरेका थिए ।
यसैबीच महोत्सवमा पाँच जना किसानहरुलाई सम्मान समेत गरेको थियो । सम्मानित हुने किसानहरुमा यादव प्रसाद अधिकारी, राजेस प्रसाद श्रेष्ठ, कृष्ण प्रसाद तिमल्सिना, शेखरनाथ दुलाल र हरिराम खतिवडा रहेका छन् ।
कार्यक्रममा सुपरजोनका अध्यक्ष हरि खतिवडा, सुपरजोनका प्रमुख किशोर प्रसाद पन्त, वडा अध्यक्षहरु दिलबहादुर श्रेष्ठ र भगवान घिमिरे लगायतले मन्तव्य राखेका थिए ।