काठमाडौ ।विभिन्न गीतका म्युजिक भिडियोहरुको निर्देशक तथा मोडल युद्ध लामा ब्लोनको तामाङ गायन क्षेत्रमा पनि ‘तामाङ पारासे’ भन्ने गीतबाट प्रवेश गरिएको छ।उक्त गीतको भन्ने भिडियो सहित बजारमा ल्याइसकेको छ।
बुद्धलिङ मिडियाको प्रस्तुतिमा शनिबार तामाङ पारासे सार्वजनिक गरेका हुन् ।गीतसंगीतको बजारमा म्युजिक भिडियो निर्देशन तथा मोडलिङ गर्दै आएका युद्ध लामा ब्लोनले यस पटक आफ्नै आवाजमा गीत रेकर्ड गरेका छन् । यद्यपि लामाले यस अघि पनि आफ्ना आवाजमा गीत रेकर्ड गरिसकेका थिए । Buddhaling Media Production Youtube Channel मार्फत शनिबार सार्वजनिक गरिएको तामाङ पारासे बोलको गीतमा आस्मान लोप्चानको शब्द रहेको छ भने चर्चित गायक तथा संगीतकार बिशाल काल्तानको संगीत रहेको छ । स्वरमा भने युद्ध लामा ब्लोनलाई चर्चित गायिका जितु लोप्चानले साथ दिएका छन् । अडियोको मिक्सिङ र एरेन्ज कर्साङ लामाले गरेका हुन् ।
भिडियो तर्फ भने सियोन श्रेष्ठको निर्देशनमा युद्ध लामा ब्लोनको साथमा डोमा लामाको आकर्शक नृत्य हेर्न सकिने छ । चक्र बहादुर बरालले छायांकन गरिएको भिडियोको सम्पादन भने टेकेन्द्र साहले गरेका हुन् ।
खेल जगतमा समेत अब्बल रहेका ब्लोन म्युजिक भिडियो निर्देशन, कोरियोग्राफि तथा मोडलिङमा मात्र नभएर गायनमा समेत उत्तिकै क्षमता रहेको ‘तामाङ पारासे’ बाट साबित भएको छ । यद्यपि उनलाई मोडलिङमा या गायनमा बढि रुचाइएला त ? दर्शक श्रोताले भन्ने चासोको बिषय बनेको छ । यत्ति मात्र नभएर उनले गायन बिधामा निरन्तरता दिन्छ कि दिदैन ? भन्ने जिज्ञासा समेत दर्शक दिर्घमा पक्कै उब्जेको हुन सक्नेछ ।
भिडियो हेर्नुस्