उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ शनिबार काभ्रेको धुलिखेलमा आउने भएको छ । प्रेस सेन्टर नेपाल बागमती प्रदेशको साधारणसभाको समुद्घाटन गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठ धुलिखेल आउने भएको हो ।
ले गर्नुभएको छ ।

काभ्रेको धुलिखेल तालीम केन्द्रको सभाहलमा बिहान ११ बजे हुने साधारणसभामा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठ, नेपाल पत्रकार महासघ, प्रेस सेन्टर नेपाल लगायतका बिभिन्न संघ/सङ्गठनका नेतृत्वको सहभागिता रहने प्रेस सेन्टर नेपाल बागमती प्रदेशका महासचिव ध्रुव अधिकारीले बताए ।
साधारणसभामा बागमती प्रदेशका विभिन्न जिल्लाका करिब २ सय पत्रकारहरु सहभागी हुने अधिकारीले बताए ।

साधारणसभामा प्रेस सेन्टर नेपालको केन्द्रीय नेतृत्व, बागमती प्रदेश समिति, प्रदेश प्रतिनिधि र १० जिल्लाका जिल्ला अध्यक्षहरु सहभागी हुने प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज लक्ष्मण खड्काले जानकारी दिए । कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको उनले बताए।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।