बेश्याबृत्ति गराएको आरोपमा प्रहरीले काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं. १० मा रहेको तेमाल गेष्ट हाउस एण्ड खाजा घर संचालक र कामदार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार उनीहरुलाई विहिबार पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा मकवानपुर जिल्ला बागमती गाउँपालिका वडा नं. ७ स्थाई घर भई हाल बनेपा नगरपालिका वडा नं. १० स्थितमा तेमाल गेष्ट हाउस एण्ड खाजा घर संचालक बर्ष ४२ को लालमान तितुङ र काभ्रेपलाञ्चोक जिल्ला चौरीदेउराली गाउँपालिका लामाटोल स्थाई घर भई हाल सोही होटलमा काम गर्ने बर्ष २० को श्याम लामा रहेको प्रहरीले जानकारी दिएको छ ।

होटलका संचालकहरुले महिलाहरुलाई ललाई फकाई, आर्थिक प्रलोभनमा पारी, विश्वास दिलाई होटलमा आउने ग्राहकहरूसँग जवरजस्ती शारिरीक सम्पर्क गर्न बाध्य बनाउने गरेको प्रहरीले जानकारी दिएको छ । सो गेष्ट हाउसबाट ५ जना नावालिका र किशोरीहरुलाई उद्धार गरिएको छ ।

पक्राउ परेकाहरुलाई मानव बेचबिखन तथा ओसरपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम कार्वाहीको लागि काभ्रेपलाञ्चोक जिल्ला अदालत धुलिखेलबाट पहिलो पटकलाई ७ दिनको म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।