काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम बजेटको चौंरीदोउरालीबासीसँग लागि सुझाव मागेको छ । गाउँपालिका अध्यक्ष रेणुका चौंलागाईंले एक सूचना जारी गर्दै सुझाव मागेका हुन् ।
अध्यक्ष चौंलागाईंले विभिन्न विषयलाई ईंगित गर्दै सुझाम मागेका छन् । चौंलागाईंले आगामी जेष्ठ २० गते सम्ममा गाउँपालिकाको इमेलमा वा लिखित सुझाव पेश गर्न आव्हान गरेका छन् ।
उनले शिक्षा, स्वास्थ्य, भौतिक पुर्बाधार, कृषि,पशु र सहकारी, लक्षित बर्ग, सामाजिक बिकास, बिपद् ब्यबस्थापन, बन बाताबरण र सरसफाइ, सार्बजानिक सेवा प्रबाह, कला संस्कृति र पर्यटन बिकास, सूचना तथा प्रबिधि र अन्य बिषयहरुमा सुझाव मागेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















