नेपाली काँग्रेस काभ्रेको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । शनिबार बनेपामा एक समारोहका बीच सम्मेलन सम्पन्न भएको हो ।
यस सँगै नेपाली कांग्रेस काभ्रे १४ औँ महाधिवेशनपछि जिल्ला सम्मेलन सम्पन्न गर्ने पहिलो जिल्ला बनेको छ ।
सम्मेलनको उद्घाटन नेपाली काँग्रेसका केन्द्रिय सहमहामन्त्री महालक्ष्मी उपाध्ययले गरेका थिए ।
पार्टी सभापति तीर्थ लामाको अध्यक्षतामा भएको सम्मेलन सम्मेलनको उदघाटन सत्रमा केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, पूर्व केन्द्रीय सदस्य शिव प्रसाद हुमागाई, बाग्मती प्रदेशका महामन्त्री राजु श्रेष्ठ, पूर्व सहसभापति तिर्थबहादुर पसखल, नेता इन्द्रमणि अधिकारी, उपसभापति ठाकूर प्रसाद न्यौपाने, रमेश प्रसाद हुमागाई, नेता अच्युत प्रसाद पौडेल, बाग्मती प्रदेश कार्यसमिति सदस्य सुनिता लामा, काभ्रे प्रतिनिधी सभा क्षेत्र नम्बर १ का सभापति दिनेश लामा, प्रदेश सभा १ (क) का सभापति राम योञ्जन, १ (ख) का सभापति चन्द्रबहादुर लामा, प्रतिनिधिसभा २ (क) का सभापति हेम लामा, नेविसंघ काभ्रेका सभापति अन्जनराज खतिवडा लगायतले धारणा राखेका थिए ।
सम्मेलनको बन्द सत्रले नेपाली कांग्रेसका काभ्रेका उपसभापति ठाकुर प्रसाद न्यौपानेले प्रस्तुत गरेका सांगठानिक प्रतिवेदन, सचिब माधवप्रसाद ढकालले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन र कोषाध्यक्ष जगन्नाथ गिरीले प्रस्तुत गरेका आर्थिक प्रतिवेदन सर्वसम्मत पारित समेत गरेको छ । सम्मेलनमा एक वर्षभित्र पार्टीले सञ्चालन गरेको विधि गतिविधिको समीक्षा गर्दै अर्को वर्ष सञ्चालन गर्ने योजना समेत बनाएको छ ।
सम्मेलनमा कारबाही सिफारिसमा परेका केन्द्रीय सदस्यद्वय मधु प्रसाद आचार्य र गणेश लामा, क्षेत्रीय सभापति महेश खरेल र स्पष्टिकरण सोधिएका बागमती प्रदेश कार्य समितिका महामन्त्री कञ्चनचन्द्र बादे बाहेकका अधिकांश नेता सहभागि भएका थिए । सम्मेलनमा जिल्लाको १३५ वटै वडाका २ हजार ४९२ जना प्रतिनिधि सहभागि भएको जिल्ला सचिब गुणराज मोक्तानले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















