काभ्रे जिल्लाकाे बनेपामा नाबालिका र किशोरीलाई यौन धन्दामा लगाउने एक जनालाई पक्राउ गरेको छ । ईकाला प्रहरी कार्यालय बनेपाले उनलाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय, बनेपाका अनुसार पक्राउ पर्नेमा सिपाली साविक चिलाउने गा.बि.स. वडा नम्बर ८ हाल रोशी गाउँपालिका वडा नम्बर ६ स्थायी घर भई हाल बनेपा नगरपालिका वडा नम्बर ८ मा लामा क्याफे संचालन गर्दै आएका २९ वर्षीय राधाकृष्ण मैनाली रहेका छन् । बनेपा नगरपालिका वडा नम्बर ८ मा लामा क्याफे तथा बनेपा बजार एरियाहरूमा रहेको होटल, रेष्टुरेन्टहरूमा बेश्याबृत्ति यौनधन्दा भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा खटेको प्रहरीले मैनालीलाई पक्राउ गरेको थियो ।
प्रहरीले उक्त होटल एण्ड गेष्ट हाउसमा रहेका ३ जना नाबालिका र किशोरीलाई उद्धार गरेको छ । होटल सञ्चालकले ललाई फकाई, आर्थिक प्रलोभनमा पारी, विश्वास दिलाई होटलमा आउने ग्राहकहरूसँग जवरजस्ती शारिरीक सम्पर्क गर्न बाध्य बनाउने गरेको गुनासो आएपछि प्रहरीले बनेपामा सर्च अभियानलाई तीब्र पारेको छ ।
पक्राउ परेका मैनालीलाई मानव बेचबिखन तथा ओसरपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम जाहेरी दरखास्त लिएर जिल्ला अदालत धुलिखेलबाट पहिलो म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















