काठमाडौं ।सिंक फिल्म प्रोडक्सनले निर्माण गरिएको चलचित्र “देउरालीमा लाएको माया”जेठ २० गते शनिबार प्रदर्शन हुने भएको छ।

नेपाल चलचित्र विकास बोर्ड चाबहिलमा उक्त चलचित्रलाई विशेष प्रदर्शन गर्ने तयारीमा जुटिरहेको निर्माण पक्षले बताएका छन् ।

कार्यकारी निर्माता उद्वब बस्नेत रहेको चलचित्रमा सह-निर्मातामा मायादेवी मोक्तान,भारत कुमार मल्ल, प्रिन्स राज श्रेष्ठ र सुमन राईद्वारा संयुक्त रुपमा “देउरालीमा लाएको माया”चलचित्र निर्माण गरिएका छन्।

चलचित्रको कथा,निर्देशक दिपक तामाङ लामा,पाटकथा र संवाद सोम जिसीको रहेको छ।एदिप कुलुङ राईले छायांकन गरेको चलचित्रमा द्वन्द्व निर्देशक सुरज श्रेष्ठले गरिएको हो।

चलचित्रमा मुख्य अभिनय नायकमा समीर बोम्जन,यमर सिं भ्लोन, सन्देश बोम्जन छन् । नायिकामा रोश्नी ब्लोन,जानकी राई (नुन्ना) मनिका सिङ्तान रहेकी छिन् ।
खलनायकमा तर्फ जय किसान बस्नेत, श्याम श्रेष्ठ,दल बहादुर मगर भुमिका निर्वाह गरिएको छन् ।कलाकारहरु मायादेवी मोक्तान, उद्वब बस्नेत,सुमन राई,डाइमन सुनुवार, कायरा तामाङ, सुलभ ब्लोन,शान्त दोङ,रोशन लामा लगायतका कलाकारहरुको अभिनय रहेका छन् ।

चलचित्रको गीतमा शब्द दिपक तामाङ लामा, बावुल गिरीको रहेको छ भने संगीत बावुल गिरीले संगीत संयोजन गरिएको छ।

सो चलचित्र प्रदर्शनमा सम्पूर्ण चलचित्रप्रेमी दर्शकहरुलाई उपस्थितिको लागि चलचित्र निर्माण पक्षले अनुरोध समेत गरेका छन् ।

 

Comments

comments