काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकामा एकीकृत जनस्वास्थ्य अभियान तथा पोषण प्रवद्र्धन कार्यक्रम अन्तर्गत बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । शिविर आगामी जेठ १३ र १४ गते धुसेनी शिवालय प्राथमिक अस्पतालमा सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख तेज घिसिङले जानकारी दिए ।

सो शिविर स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा, चांैरीदेउराली गाँउपालिकाको सहकार्यमा, मेथिनकोट अस्पताल, धुलिखेल अस्पताल र रेयुकाई एईको मसुनागा आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन हुने घिसिङले बताए ।

यी हुन् शिविरमा प्राप्त हुने सेवाहरु

  • स्त्री रोग तथा प्रजनन स्वास्थ्य सेवा

  • दन्तरोग सम्बन्धि सेवा मानसिक स्वास्थ्य सेवा

  • जनरल मेडिसिन सेवा नाक, कान, घाटी सम्बन्धि सेवा प्रयोगशाला सेवा

  • पोषण प्रवद्र्धन सेवा

  • आँखा स्वास्थ्य सम्बन्धि सेवा

  • हाडजोर्नि सम्बन्धि सेवा परामर्श सेवा

  • गर्भवती महिलाहरूको भिडीयो एक्सरे सेवा

  • प्रेषण सेवा

  • फार्मेसी सेवा

सो शिविरमा सहभागी हुने ६८ वर्ष माथिका ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता कार्ड समेत लिएर आउन अनुरोध गरेको छ ।

Comments

comments