काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा खेलकुद विकास समिति गठन गरेको छ । विहिबार गाउँपालिकाको कार्यालयमा गाउँपालिका उपाध्यक्ष दलमान थोकरको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ ।

समितिको सदस्य सचिवमा भिमलाल दोङ र पदेन सदस्यमा गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ७ का वडा अध्यक्ष इन्द्रलाल तामाङ रहेका छन् । समितिको सदस्यहरुमा विलबहादुर तामाङ (वडा नं. ९), निमा लामा (वडा नं. ५), बज्र लामा (वडा नं. ५), पाल्साङ तामाङ (वडा नं. ६), सूर्यबहादुर तामाङ (वडा नं. ९), कर्मध्वज तामाङ (वडा नं. २), नजर सिं तामाङ (वडा नं. ५), विवेक तामाङ (वडा नं. ७) रहेका छन् ।

गठन कार्यक्रममा गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ र प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकालको समेत उपस्थिति रहेका थिए ।

Comments

comments