काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएको छ । शनिबार काठमाडौंको नयाँ बजारमा तेमाल स्तरीय भेलाले नेरु लामाको संयोजकत्वमा भेला आयोजक समिति गठन भएको छ ।

सो भेलामा काँग्रेस, एमाले, एकीकृत समाजवादी र माओवादी केन्द्रका कार्यकर्ताहरुले पार्टी परित्याग गरि स्वतस्फूर्त रास्वपामा प्रवेश भएको संयोजक लामाले बताए । तेमाल स्तरीय भेटघाट, छलफल, परिचायत्मक कार्यक्रमको आयोजना गरि समिति गठन गरेको उनले जानकारी दिए ।

कार्यक्रममा पार्टीको केन्द्रिय उप–सभापति डिपी अर्याल, वागमति प्रदेश सदस्य दिपक विबस, काभ्रे जिल्ला अध्यक्ष प्रविनकुमार, प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ प्रतिनिधिसभा उमेदवार बासुनारायण श्रेष्ठ लगायतका सहभागी थियो ।

एमालेमा विभाजन आएपछि एकीकृत समाजवादीमा संगठीत भएका लामा तेमालको एक जुझारु युवा नेताको रुपमा चिनिन्छ । मुलुकको हित अब रास्वपाले मात्र गर्न सक्छ भन्ने विश्वास भएकोले आफूले एकीकृत समाजवादी परित्याग गरेको संयोजक लामाले बताए । उनका अनुसार रास्वपामा लागेकाहरु मध्य नेपाली काँग्रेसका कार्यकर्ताहरु बढी रहेका छन् । तेमालमा आफ्नो पार्टी १ नम्बरमा आउने उनेको दावी छ ।

कार्यक्रममा तेमाल गाउँपालिकाका सबै वडाबाट सहभागी थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।