काभ्रे जिल्लाको रोशी गाउँपालिकाको सडक पिच (कालोपत्रे) शुरु भएको छ । गाउँपालिकामा नयाँ जनप्रतिनिधि आएको १ वर्षमै पिच शुरु भएको हो ।
गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाइबाका अनुसार चौकीडाँडा–खहरेपाँगु सडकको थान्सिङबेंसी खण्डको कालोपत्रे कार्य सम्पन्न भएको छ । यो सडक गाउँपालिकाको भित्री सडक मध्ये पहिलो पिच हुने सडक रहेको उपाध्यक्ष वाइबाले जानकारी दिए ।
५ सय मिटर भन्दा बढी रहेको सो सडक संघीय सरकार र गाउँपालिकाको ५०÷५० प्रतिशत समपुरक बजेटबाट कालोपात्रे भएको वाइबाले बताए । १ करोड ४० लाख रुपैयाँ खर्चमा सो सडक कालोपत्र भएको हो ।
त्यस्तै यो सडक अन्तर्गत पोटा दोभानदेखि सानी खोलासम्म ड्रेन निर्माणको काम भैरहेको छ ।
बीपी राजमार्गको ४ सयबेसीदेखि पालिकासम्म पुग्ने सडक पनि केहीदिनमै पिच हुँदैछ । यो पनि करिब आधा किलो मिटर लम्बाईको पिच हुने गाउँपालिकाले जनाएको छ ।
Comments