काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकामा सञ्चालन भएको दुई दिने स्वास्थ्य शिविरमा २ हजार १ सय ५५ जना लाभान्वित भएका छन् । शिविर गाउँपालिद्वार सञ्चालित धुसेनी शिवालय अस्पतालमा जेठ १३ र १४ गते सञ्चालन भएको थियो ।

स्वास्थ्य कार्यालय धुलिखेल, काभ्रेको आयोजना र चौंरीदेउराली गाउँपालिकाको सहकार्य तथा समन्वयमा एकीकृत जनस्वास्थ्य अभियान कार्यक्रम अन्तरगत निशुल्क स्वास्थ्य शिविर र जेष्ठ नागरिक स्वास्थ्य परिक्षण तथा सहयोग सामाग्री बितरण कार्यक्रमको रुपमा सञ्चालन भएको थियो । कार्यक्रमको गाउँपालिका अध्यक्ष रेणुका चौंलागाईंले उद्घाटन गरेका थिए ।

उक्त शिविरमा आँखा परिक्षण गराएका मध्ये ३५ जनाको आँखाको मोती बिन्दु भएको पाईएको स्वास्थ्य शाखा प्रमुख तेज घिसिङले जानकारी दिए । आँखाको मोतिविन्दु भएका बिरामीहरुको उपचारको लागि यातायात र खानाको ब्यबस्थापन गाउँपालिकाले र उपचार ब्यबस्थापन स्वास्थ्य कार्यलयले गर्ने प्रमुख घिसिङले बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।