काठमाडौं ।नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङले तामाङ समुदायको सामाजिक, आर्थिक र राजनितिक उत्थानका लागी तामाङ राष्ट्रिय मुक्ति क्रान्ति  आवश्यकता रहेको बताएको छ।

शनिवार नेपाल तामाङ घेदुङको आयोजनामा नेपाल तामाङ घेदुङ संघीय कार्यलय चुच्चेपाटी काठमाडौंमा
आयोजित सल्लाहाकारसँगको भेटघाट,छलफल तथा छार म्हेन्दो स्मारीका विमोचन कार्यक्रममा अध्यक्ष गोलीले उक्त धारण राखिएको हो।

आफ्नो मन्तव्यको क्रममा अध्यक्ष गोलेले हामी तामाङ समुदायको आफ्नो पहिचान छ। आफ्नै विशेषता छ।तामाङ समुदाय उत्थानका लागि गाउँ गाउँमा घेदुङ अभियान सञ्चालन गरी अगाडी बढ्नुपर्ने उल्लेख गर्नुभएको हो । यस्तै राजनितिक गुटबन्दीले घेदुङलाई कमजोर बनाएको भन्दै पार्टीगत रुपमा हस्तक्षेप नगर्न सम्बन्धित सबैलाई आग्रह गर्नुभयो । उहाँले तामाङ मातृभाषा शिक्षा कार्यक्रम १० ओटा पालिकाका केही सामुदायिक विद्यालयमा लागुभइसकेको र केही विद्यालयमा लागु गर्न गराउन घेदुङले पहल गरिरहेको बताउनुभयो ।

कार्यक्रममा सल्लाहाकार तथा पुर्व अध्यक्ष पर्शुराम तामाङले तामाङ समुदायको साझा मुद्धालाई निश्वार्थ भएर घेदुङले उठाउनुपर्ने बताउनुभयो । नेपाल तामाङ घेदुङ तामाङ समुदायको एक मात्र राष्ट्रिय साझा सँस्था भएकाले दलिय भागबण्डा गर्न नहुने भन्दै उहाँले निश्वार्थ रुपमा तामाङ समुदायको साझा मुद्धामा केन्द्रित हुन आग्रह गरे

सल्लाहाकार तथा पुर्वमन्त्री दावा तामाङले ग्रेन गे दिम खरिद अभियानलाई तिब्र रुपमा अगाडी बढाउनुपर्ने उल्लेख गर्नुभयो । ग्रेन गे दिम खरिद अभियानमा सवै सल्लाहाकार तथा कार्यसमितिले आ—आफ्नो दायित्व पुरा गरे अभियान सफल हुने सल्लाहाकार तामाङको भनाई छ । यस्तै सल्लाहाकार पर्शुराम तामाङले यो खरिद अभियानमा आफुले सक्ने सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । ग्रेम गे दिम खरिदका लागि घेदुङले हाल सम्म ५७ लाख ६१ हजार ४ सय ६५ रुपैया आर्थिक संकलन भएको जनाएको छ । यस्तै कार्यक्रममा बोल्दै सल्लाहाकार शान्ती पाख्रीनले तामाङ जातीको एकिन तथ्यांक संकलनका लागि नामको पछाडी तामाङ अनिवार्य लेख्ने लेखाउने अभियान तामाङ घेदुङले चलाउनुपर्ने सुझाव दिएको छ।

तामाङ समुदायको साँस्कृतिक तथा सामाजिक कार्यहरुमा महिलाको सहभागिता न्यून रहेको भन्दै उहाँले समान सहभागिताका लागि सृजनात्मक अभियान चलाउन घेदुङलाई आग्रह गर्नुभयो । कार्यक्रममा सल्लाहाकारद्वय जय प्रसाद गोले र अधिबक्ता तथा सल्लाहाकार डा. कुन्साङ योन्जनले नेपाल तामाङ घेदुङको वेबसाइटमा घेदुङले गरेका सम्पुर्ण गतिविधिलाई राखेर सबैले हेर्न र पढ्न सक्ने बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा नवौ महाधिवेशन पछि भएका कार्यसमिक्षा तथा आगामी दिनका लागी सुझाव संकलनका साथै बैककमा हुने अन्तराष्ट्रिय तामाङ परिषदको पाँचौ अन्तराष्ट्रिय सम्मेलनमा नेपाल तामाङ घेदुङको भुमिकाको विषयमा छलफल गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको  सहअध्यक्ष कुमार घिसिङले जानकारी दिएको ह‍ो।

Comments

comments