सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड को बजेट ल्याएको छ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट पेश गरेका हुन् ।

उनका अनुसार चालूतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५ दशमलब २ प्रतिशत छुट्टयाइएको छ । पूजिँगत तर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७ दशमलब २५ प्रतिशत बजेट राखिएको छ।

वित्तिय व्यवस्थापन तर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात १७ दशमलब ५५ प्रतिशत बजेट छुट्ट्याइएको छ ।

यो खर्च अनुमान चालू आर्थिक वर्षको विनियोजन विधेयकभन्दा २ दशमलब ३७ प्रतिशतले कम हो भने संशोधित अनुमानको तुलनामा १६ दशमलब ३७ प्रतिशत बढी हो।

(हेर्नुस् पूर्णपाठ)

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।