आर्थिक वार्ष २०८०/०८१ को लागि काभ्रे जिल्लामा ५ अर्ब १३ करोड २२ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । गत सोमबार (जेठ १५ गते) संघीय संसदका दुवै सदनमा अर्थमन्त्री डा. प्रकाशशरण महतले पेश गरेको बजेटमा काभ्रे जिल्लाको लागि उक्त बजेट विनियोजन भएको हो ।

जिल्लामा रहेको ६ वटा नगरपालिकाको लागि २ अर्ब ७६ करोड २७ लाख रुपैयाँ र ७ वटा गाउँपालिकाका लागि २ अर्ब ३६ करोड ९५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

कुन पालिकामा कति बजेट ?

१. धुलिखेल नगरपालिका ४५ करोड ७५ लाख रुपैयाँ

२. नमोबुद्ध नगरपालिका ४२ करोड ५० लाख रुपैयाँ

३. पनौती नगरपालिका ५० करोड ९३ लाख रुपैयाँ

४. पाँचखाल नगरपालिका ४१ करोड ६९ लाख रुपैयाँ

५. बनेपा नगरपालिका ५४ करोड ५९ लाख रुपैयाँ

६. मण्डनदेउपुर नगरपपालिका ४० करोड ८१ लाख रुपैयाँ

७. खानीखोला गाउँपालिका २६ करोड २३ लाख रुपैयाँ

८. चौंरीदेउराली गाउँपालिका ३८ करोड २ हजार रुपैयाँ

९. तेमाल गाउँपालिका ३२ करोड ५ हजार रुपैयाँ

१०. बेथानचोक गाउँपालिका २९ करोड ९८ लाख रुपैयाँ

११. भुम्लु गाउँपालिका ३१ करोड ९३ लाख रुपैयाँ

१२. महाभारत गाउँपालिका ३५ करोड ३४ लाख रुपैयाँ

१३. रोशी गाउँपालिका ४३ करोड ४० लाख रुपैयाँ

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।