बागमती प्रदेशका १३ जिल्ला मध्ये काठमाडौंले सबैभन्दा बढी अनुदान पाएको छ भने काभ्रेले दोस्रो बढी अनुदान पाएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बागमती प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहका लागि समानीकरण, सशर्त, विशेष र समपूरक शीर्षकमा अनुदान वित्तीय हस्तान्तरण गरेको हो ।
सबैभन्दा कम अनुदान रसुवा जिल्लाले पाएको छ । प्रदेशका १३ जिल्ला मध्ये काठमाडौँले ७ अर्ब १४ लाख रुपैयाँ अनुदान वित्तीय हस्तान्तरण पाएका हो भने रसुवाले एक अर्ब १६ करोड ५४ लाख रुपैयाँ अनुदान पाएको छ ।
यस्तो छ बागमतीको जिल्लागत वित्तीय हस्तान्तरण
काठमाडौँ– ७ अर्ब १४ लाख रुपैयाँ
काभ्रे– ५ अर्ब १३ करोड २२ लाख रुपैयाँ
धादिङ– ४ अर्ब ७६ करोड ९ लाख रुपैयाँ
सिन्धुपाल्चोक– ४ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ
चितवन– ४ अर्ब ५७ करोड ७६ लाख रुपैयाँ
मकवानपुर– ४ अर्ब २९ करोड ५८ लाख रुपैयाँ
सिन्धुली– ३ अर्ब ९९ करोड ३७ लाख रुपैयाँ
नुवाकोट– ३ अर्ब ९८ करोड ३४ लाख रुपैयाँ
दोलखा– ३ अर्ब ३८ करोड ३८ लाख रुपैयाँ
रामेछाप– ३ अर्ब २५ करोड ३१ लाख रुपैयाँ
ललितपुर– ३ अर्ब ७ करोड ८८ लाख रुपैयाँ
भक्तपुर– २ अर्ब २९ करोड २५ लाख रुपैयाँ
रसुवा– १ अर्ब १६ करोड ५४ लाख रुपैयाँ
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























