डिलबहादुर थाेकर
चाैंरीदेउराली- काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाले १ वर्षे उपलब्धीहरु सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष रेणुका चौंलागाईंले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो पहिलो वर्षको उपलब्धि सार्वजनिक गरेका हुन् ।
अध्यक्ष चौंलागाईंले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘हामीले कृषि, पशुपालन, उत्पादन रोजगार, भौतिक पूर्वाधार निर्माण, पर्यटन विकास, सूचना तथा प्रविधि विकास,शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर हामीले कार्य सुरु गरेका थियौँ । तत् पश्चात ३६५ दिन अर्थात १ वर्ष पुरा गरि दोस्रो वर्षमा प्रवेश गरेका छौ । चौरीदेउराली गाउँपालिकामा स्थानीय सरकार,प्रदेश सरकार तथा संघीय सरकार र अन्य निकायहरुको समेत साझेदारीमा भए गरेका उपलब्धिलाई संक्षेपिकरण गरिएको छ ।’
यी हुन् पहिलो वर्षको उपलब्धिहरु
प्रेश विज्ञप्ती
आदरणीय सम्पूर्ण चौरीदेउराली गाउँबासी आमा/बुबा, दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक अभिवादन व्यक्त गर्दछु । हामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनको चरणमा रहेका छौँ । सोही अनुसार मिति २०७९ साल वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा चौरीदेउराली गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित घोषणा गरे पश्चात विधिवत रुपमा पदभार गरी कार्य शुभारम्भ गरेका थियौँ ।
हामीले कृषि, पशुपालन, उत्पादन रोजगार, भौतिक पूर्वाधार निर्माण, पर्यटन विकास, सूचना तथा प्रविधि विकास,शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर हामीले कार्य सुरु गरेका थियौँ । तत् पश्चात ३६५ दिन अर्थात १ वर्ष पुरा गरि दोस्रो वर्षमा प्रवेश गरेका छौ । चौरीदेउराली गाउँपालिकामा स्थानीय सरकार,प्रदेश सरकार तथा संघीय सरकार र अन्य निकायहरुको समेत साझेदारीमा भए गरेका उपलब्धिलाई संक्षेपिकरण गरिएको छ ।
आर्थिक बिकासमा १५ उपलब्धी
-
व्यवसायिक युवा लक्षित कार्यक्रम सञ्चालन गरिएको ।
-
पशुहरुको कृतिम गर्भाधान कार्यक्रम सञ्चालन गरिएको ।
-
कृषि तथा पशुपंक्षीको तथ्याङ्क संकलन गरिएको ।
-
पालिका स्तरीय फलफुल तथा फलफुल विरुवा नर्सरी स्थापना गरिएको ।
-
किसानहरुलाई अनुदानमा कृषि औजार वितरण गरिएको ।
-
कृषकहरुलाई तालिम सञ्चालन गराइएको ।
-
९ वटै वडामा पशुपन्छीको औषधी उपचार सेवा नियमित पुर्याइएको ।
-
कृषि उपज केन्द्र निमार्णको कार्य थालनी गरिएको ।
-
गाई तथा भैँसी पालक किसानका लागि प्रोत्साहन स्वरुप सुत्केरी भत्ता प्रदान गरिएको।
-
दलित समुदायलाई अनुदानमा पशुपन्छी वितरण गरिएको ।
-
पर्यटन विकासको लागि गाउँपालिकाको पर्यटन गुरुयोजना निर्माणको चरणमा रहेको ।
-
किसानहरुलाई रासायनिक मल ढुवानीमा अनुदान दिइएको ।
-
किसानहरुलाई पशु विमा कार्यक्रममा ५० प्रतिशत अनुदान दिइएको ।
-
कृषि पकेट क्षेत्र तथा विउ उत्पादन क्षेत्र स्थापना गरिएको ।
-
प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ७२ जनालाई १०० दिन बराबर रोजगार दिइएको ।
सामाजिक विकासमा १६ उपलब्धी
-
आधारभूत शिक्षा परीक्षामा कक्षा ५ र कक्षा ८ को नतिजा सुधार उन्मुख रहेको ।
-
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन सञ्चालन गरिएको ।
-
स्थानीय पाठ्यक्रमको निर्माण गरि कार्यान्वयन गरिएको ।
-
विद्यालय समायोजन कार्यविधि वनाइ अविभावकहरुका सुझाव संकलन गरी केहि विद्यालयहरुको तह घटाइ बिद्यालय मर्जको प्रक्रिया अगाडि बढेको ।
-
नियमित प्र.अ. बैठक मार्फत विद्यालयहरुमा रहेका समस्याहरुमा छलफल,परामर्श गरी शैक्षिक सुधारमा पहल गरिएको ।
-
विज्ञान र प्रविधि शिक्षा पढने विद्यार्थीहरुलाई ५० प्रतिशत अनुदान दिइएको ।
-
धुसेनी शिवालय अस्पतालमा आवश्यक पुर्वाधार सहित नयाँ सेवा र सुबिधाका साथ अगाडि बढाइएको ।
-
आधारभूत स्वास्थ्य सेवा केन्द्रमा वर्थिङ् सेन्टर स्थापना गरि सेवा सुरु भएको ।
-
क्यान्सर पिडित तथा दिर्घ रोगिलाई उपचार वापतको खर्च भुक्तानी गरिएको ।
-
विपन्न नागरिक औषधि उपचार सिफारिसका लागि १२३ जनालाई सिफारिस गरिएको ।
-
ज्येष्ठ नागरिकसँग अध्यक्ष गाउँघर क्लिनिक कार्यक्रम संचालन गरिएको ।
-
एक घर एक धारा खानेपानी आयोजनाहरु निर्माणाधिन अवस्थामा रहेका छन ।
-
जिल्ला स्तरिय राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगितामा उत्कृष्ट नतिजा हाँसिल गरेको ।
-
गाउँघर क्लिनक तथा जेष्ठ नागरिक अशक्त विरामीहरुको लागि घुम्ती सेवा मार्फत स्वास्थ्य सेवा प्रदान गरिएको ।
-
गाउँपालिका भित्रका अस्पतालमा सुत्केरी हुने महिलाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको ।
-
शहिद तथा वेपत्ता परिवारका सदस्यहरुलाई मासिक रुपमा आर्थिक सहायता उपलब्ध गराइएको ।
पूर्वाधार विकासमा १५ उपलब्धी
-
एक वडा एक खेल मैदान निर्माण भइरहेको ।
-
गाउँपालिका भित्र क्षेत्रका सवै बाटोहरुको स्तर उन्नती कार्य आरम्भ भएको ।
-
ढाँडखर्क देखि माझिफेदा हुदै जाने सडक र जिरोकिलो देखि देउराली जाने सडक स्तर उन्नतीको क्रममा रहेको ।
-
देउराली देखि बोक्से हुदै जाने सडक र देउराली देखि कात्तिके हुदै मध्यपहाडी जाने सडक स्तर उन्नतीको क्रममा रहेको ।
-
छेडा देखि बाङथली जाने सडक र छेडा देखि सलम्बु हुदै माझिफेदा जाने जाने सडक स्तर उन्नतीको क्रममा रहेको छ ,साथै सो सडक कालो पत्रेको चरणमा समेत रहेको ।
-
खहरेघाट विर्ता देउराली सडकको स्तर उन्नती भएको ।साथै माझिफेदा भालुखोला नाग्रे सडकको स्तर उन्नती गरिएको ।
-
वडा नं. १ र २ को वडा कार्यालय भवनको लागि जग्गा प्राप्तिको कार्य सम्पन्न निर्माणको कार्य शुरु भएको ।
-
लक्ष्मी प्रतिष्ठान भवन निर्माण सम्पन्न भएको ।
-
३० भन्दा बढी पुरातात्विक तथा ऐतिहासिक महत्त्वका मठमन्दिर, छोर्तेन र गुम्बाहरु निर्माण तथा पुन निर्माण भएको ।
-
वडा कार्यालय, स्वास्थ्य संस्था, सबै सामुदायिक विद्यालयहरुमा निःशुल्क फाइवर नेट जडान कार्य सम्पन्न भएको ।
-
पालिका स्तरिय तरकारी संकलन केन्द्र,कृषि उपज केन्द्र,शहिद स्मृति भवन लगायत अन्य भवनहरु पनि निर्माणधिन अबस्थामै रहेको
-
सवै माध्यमिक विद्यालयहरुमा सुविधा सम्पन्न ICT lab ,Library र science Lab को स्थापना गरिएको साथै अन्य विद्यालयमा पनि निर्माणको अबस्थामा रहेको ।
-
सबै नागरिकको घरमा राष्ट्रिय प्रसारणबाट विद्युतिय लाइन वितरण साथै काठको पोल विस्थापनको क्रममा रहेको ।
-
खानेपानी तथा सरसफाईको व्यवस्थापनका लागि आवश्यक वजेट विनियोजन गरि आयोजनाहरु सम्पन्नको क्रममा रहेका ।
-
प्रदेश सरकार तथा विषयगत शाखा अन्तर्गतका ६४ बटा आयोजना मध्ये अधिकांश आयोजनाहरु सम्पन्न भएको र बाँकी पनि सम्पन्न हुने क्रममा रहेको ।
वातावरण तथा विपद् व्यवस्थापनमा ५ उपलब्धी
-
वडामा रहेका मुहानहरु संरक्षण कार्य अघि वढाइएको ।
-
गाउँपालिका स्तरिय फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको ।
-
चौरीखोला लगायत अन्य कटान हुने नदिमा तटबन्द निर्माण कार्य भईरहेको।
-
धुसेनी शिवालय अस्पतालमा एम्वुलेन्स व्यवस्थापन गरिएको ।
-
विपद व्यवस्थापन कोष स्थापना गरि नागरिकहरुलाई सहयोग गरिदै आएको ।
संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा ११ उपलब्धी
-
जनतालाई असुविधा नहोस भनि प्रत्येक वडा कार्यालयमा गएर एकिकृत सेवा प्रवाह घुम्ति शिविर मार्फत योजना सम्झौता, पशु सेवा, कृषि सेवा,ज्येष्ठ नागरिक परिचय पत्र अपाङ्गता परिचय पत्र वितरण गरिएको ।
-
गरिव परिचय पत्र वितरण गरिएको ।
-
विभिन्न समयमा स्वास्थ्य शिविरहरु संचालन गरिएको ।
-
गरिब तथा अति विपन्न घर परिवारलाई निशुल्क स्वास्थ्य विमा गराउने कार्यक्रम अन्तिम चरणमा रहेको ।
-
गाउँपालिका स्तरिय सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको ।
-
सवै प्रकारका निर्णय तथा सूचनाहरु गाउँपालिकाको वेवसाइट,फेसबुक पेज र सूचना पाटीमा टाँस गर्ने गरिएको ।
-
वडा कार्यालयमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरिएको ।
-
वडा कार्यालयहरुमा घटना दर्ता प्रणाली अनलाइन मार्फत गर्ने गरिएको ।
-
आवधिक योजना निर्माण कार्य थालनी गरिएको ।
-
जनप्रतिनिधि तथा मेलमिलाप कर्ताहरुको लागि कानुन सम्वन्धि अभिमुखिकरण तालिम प्रदान गरिएको ।
-
न्यायिक समितिमा दर्ता हुन आएका जम्मा २० वटा विवादहरुमध्ये १४ वटा मेलमिलापको माध्यमबाट मिलापत्र गराइ विवाद किनारा लगाइएको ।
भुमि बर्गिकरण:-
-
चौरीदेउराली पालिकाको भुमिको बर्गिकरण गरि सम्बन्धीत निकायमा पेश गरि कार्यन्वयनमा आएको । साथै भुमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलन गरिएको !
पर्यटन विकास तर्फ
-
ऐतिहासिक पर्यटकिय ठाँउहरु काजीथुम्का भ्यूटावर, देउपोखरी,लौरे देउराली, १७ कि.मि. लामो युद्ध पर्यटन पदमार्ग,खाँडादेवि मन्दिर, वाङथलि चिया वगान,पाथीभरा मन्दिर लगायत क्षेत्रहरुमा पर्यटन विकासको लागि गुरुयोजना बनाइ अगाडी बढाउने प्रयत्न गरिएको !
अन्तमा ,गाउँपालिकाले आगामी दिनमा सञ्चालन गर्न लागेका विकासका नीति तथा कार्यक्रमहरुमा सिर्जनात्मक सल्लाह सुझाव तथा कार्यान्वयनमा सहयोग र सहभागिताका लागि सबै गाउँबासीहरुमा हार्दिक अनुरोध गर्दछु र समृद्ध गाउँपालिका निर्माण गर्ने अभियानमा सबैको योगदानको अपेक्षा समेत गर्दछु ।
धन्यवाद।
रेणुका चौलागाई
गाउँपालिका अध्यक्ष
चौंरीदेउराली गाउँपालिका, काभ्रेपलाञ्चोक
१२ जेठ २०८०
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















