काठमाडौं । तामाङ गीतसंगीतको बजारमा आफ्नो छुुट्टै पहिचान बनाउन सफल चर्चित गायीका जितु लोप्चानको सेलो गीत डम्फुरे दाई भोलि शुक्रबार बजारमा अाउने भएको छ।
तामाङ समुदायको डम्फू एक पहिचान हो। डम्फूको आफ्नै बिशेषता बोकेको हुन्छ । तामाङ भाषा र संस्कार र संस्कृति संग डम्फूको अति नै महत्त्वपूर्ण सम्बन्ध जोडिएको हुन्छ । त्यसैले त डम्फूलाई आम तामाङहरुले शिरमा राखेर सम्मान गरिरहेका हुन्छन्। तर यो गीतमा डम्फु र डम्फुरे दाईको सम्बन्ध के कस्तो छ ? भनेर थाहा पाउनलाई भोलि सार्वजनिक हुने गीत र म्युजिक भिडियो हरेर थाहा पाउनर हुनेछ ।
छायांकन सम्पन्न भएर सम्पादन तथा पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको उक्त गीतको भिडियो भोलि जितु लोप्चान अफिसियल च्यानल मार्फत सार्वजनिक गर्ने तयारी रहेको गायीका जीतु लोप्चानले बताइन् ।
पछिल्ला समय गीतसंगीतको बजारमा दिनहुं जस्तै फरक फरक गीतका भिडियोहरु सार्वजनिक भैरहेको छ । यसै क्रममा गायीका जितु लोप्चानले सेलो गीत डम्फुरे दाईको भिडियो सार्वजनिक गर्ने भएको छ । तामाङ समुदायमा आफ्नो संस्कार संस्कृति र इतिहासको बोकेको बाध्यवादन हो डम्फु । तामाङ समुदायमा डम्फु बजाएको डम्फुको गीत गाउनेलाई डम्फुरे अर्थात डम्फुरे दाई भन्ने गरिन्छ । यसै संग सम्बन्धित गीत डम्फुरे दाई भोलि जितु लोप्चानको आफ्नै युुट्युव च्यानल जितु लोप्चान अफिसियल मार्फत सार्वजनिक गर्ने भएको छ ।
गायक तथा संगीतकार बिशाल काल्तानको शब्द संगीत रहेको डम्फुरे दाई बोलको गीतमा आवाज जितु लोप्चानको रहेको छ । गीतको एरेन्ज फनिन्द्र राईले गरेका हुन् भने मिक्सिङ दिपेश प्रधानले गरेका हुुन् । हेरुका लामाले निर्देशन गरेको उक्त गीतको भिडियोमा निर्देशकद्धय हेरुका लामा र नायीका सुश्मा मोक्तानको अभिनय रहेको छ । बुधबार गायीका जितु लोप्चानले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोको पोष्टरमा देखिए अनुसार हाँस्य कलाकार कुईसाङ् रुम्बा र अनिता नेगिलाई समेत भिडियोमा देख्न सकिनेछ ।
भिडियोको छायांकन त्रिलोक लामाले गरेका हुन् भने सम्पादन तथा रंग संयोजन सुर्य लामाले गरेका हुन् ।

























