काभ्रे । जिल्लाको बनेपामा नगरपालिकाको सभाहलमा जेष्ठ २० गते शनिबार “युवा र नवप्रवर्तनʼʼ शिर्षकमा जिल्लास्तरीय खुल्ला वक्तृवकला प्रतियोगिता आयोजना हुने भएको छ ।
प्रदेश युवा परिषद बागमतीको आर्थिक सहयोग तथा जिल्ला युवा समिति काभ्रेको आयोजनामा युवाहरुमा भएको नवप्रतिभालाई उर्जागर गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको जिल्ला युवा समिति काभ्रेका अध्यक्ष प्रकाश थापाले जानकारी दिए ।
उक्त प्रतियोगितामा १४ वर्ष पूरा भई २४ वर्ष सम्मका उमेरका युवाहरुले सहभागिता जनाउन सक्नेछन्। प्रतियोगितामा उत्कृष्ट अंक ल्याई प्रथम हुने व्यक्तिलाई नगद रु १५ हजार, दोस्रोलाई नगद रु १० हजार र तेस्रोलाई नगद रु ५ हजार सहित प्रमाणपत्र दिइने छ ।
सहभागीहरुले ५ मिनेट मात्रै बोल्न पाउनेछन् साथै जिल्लामा प्रथम हुनेले प्रदेश स्तरीय वक्तृवकला प्रतियोगितामा सहभागी हुन पाउने अध्यक्ष थापाले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















