बनेपा– काभ्रे जिल्ला सहकारी संघ लि.को आयोजनामा आज जेष्ठ २३ गतेका दिन सहकारीमा कर सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला सहकारी संघ लि. को आफ्नै भवनको हलमा सम्पन्न उक्त कार्यक्रम जिल्ला सहकारी संघ लि. अध्यक्ष दिलिप शर्माले उद्घाटन गरेको थियोे ।

उद्घाटन कार्यक्रममा बोल्दै संघका अध्यक्षले जिल्ला सहकारी संघ लि. ले जिल्लाभित्र सञ्चालनमा रहेका सहकारी संघ÷संस्थाहरुको विकास, विस्तार र प्रवद्र्धन तथा जागरण सहित सचेतना कार्यक्रमहरु महिना २÷३ वटा कार्यक्रमहरु गर्दै आइरहेको जानकारी दिए । संघको हालसम्मको उपलब्धि नै सहकारी संघ÷संस्थाहरुको माया, ममता अनि विश्वासका कारण राष्ट्रिय सहकारी महासंघ लि.बाट उत्कृष्ट संघको रुपमा घोषणा भएको र आगामी दिनहरुमा समेत यस्तै सहयोग, सल्लाह र सुझावहरुको आशा गरेको धारणा सहित कार्यक्रम सफलताको सुभकामना दिए ।

कार्यक्रममा कर सम्बन्धी जानकारीका लागि कर विज्ञ, एस.डि.आर एसोसिएट्सका सि.ए शेषमणी दाहालले गरेका थिए । जिल्लाभर रहेका सहकारी संस्थाहरुका ७० जना भन्दा बढी सहकारी संस्थाका व्यवस्थापन प्रमुखहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा विद्यमान आर्थिक विधेयक मार्फत सरकारले सहकारी क्षेत्रमा निर्धारण गरेको करका दायित्व, सामाजिक सुरक्षा कोष सम्बन्धी ज्ञान, शेयर लाभांश, संरक्षित पूँजी फिर्ता कोष, आम्दानी तथा खर्चहरुमा लाग्ने करका दायरा लगायतका बिषयहरुमा जानकारी दिएका थिए । कार्यक्रम कर सहित सहकारी संस्थामा कार्य गर्दा आइपरेका विभिन्न क्षेत्रहरुका समस्या समाधान गर्ने उद्देश्यले आयोजना गरिएको थियो । कार्यक्रम समय सान्दर्भिक रुपमा आवश्यकताका आधारमा निकै उपलब्धीमूलक रहेको सहभागीहरुको प्रतिकृया रहेको छ ।

कार्यक्रममा जिल्ला बचत संघका अध्यक्ष उदयराम कायष्थ, कोअपरेटिभ मेनेजर्स क्लवका अध्यक्ष मदन बस्नेत, नेशनल कोप सोलुसन्स प्रा.लि.का अध्यक्ष विवेकराज ठकुरी, राष्ट्रिय सहकारी महासंघ लि. नेपालका रामसुदन तिमल्सिना सहित जिल्ला बहुउद्देश्यीय सहकारी संघ लि.का उपाध्यक्ष कृष्णभक्त थापाको उपस्थिती रहेको थियो भने जिल्ला सहकारी संघ लि. का प्रमुख कार्यकारी अधिकृत अनिलकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।